भारतले सरकारी कम्पनीहरु बीबीएनएल र बीएसएनएल लाई मर्ज गर्ने

  • Technology Khabar | ८ चैत्र २०७८, मंगलवार
भारतले सरकारी कम्पनीहरु बीबीएनएल र बीएसएनएल लाई मर्ज गर्ने

काठमाडौं ।

भारतको केन्द्र सरकारले यसै महिना भारत ब्रोडब्यान्ड निगम लिमिटेड (बीबीएनएल) र भारत संचार निगम लिमिटेड (बीएसएनएल) लाई मर्ज गर्न लागेको भारतीय मिडियाहरुले जनाएका छन्। कम्पनीका एक वरिष्ठ अधिकारीले यसको पुष्टि गरेको रिपोर्टमा उल्लेख छ।

दुबै बीबीएनएल र बीएसएनएल कम्पनीहरूले भारतमा ब्रोडब्यान्ड सेवा प्रदान गर्दछन्। यी कम्पनीहरूको मर्जरले अप्टिकल फाइबर नेटवर्कको थप विस्तार हुने बताईएको छ।

बीएसएनएलका अध्यक्ष तथा प्रबन्ध निर्देशक पीके पुरवारले एआईजीईटीओए (अखिल भारतीय सरकारी इन्जिनियर्स एण्ड टेलिकम एसोसिएशन) द्वारा आयोजित एक कार्यक्रममा यो जानकारी दिएको मिडिया रिपोर्टमा दाबी गरिएको छ। विज्ञप्ति जारी गर्दै उनले सरकारले दूरसञ्चार कम्पनीलाई अगाडि बढ्ने अवसर दिएको बताए।

सरकारले बीबीएनएललाई बीएसएनएलमा गाभ्ने नीतिगत निर्णय गरेको छ। यसपछि, बीबीएनएलको विस्तार प्यान इण्डिया स्तरमा गरिने बताईएको छ।

हाल, बीएसएनएलको अप्टिकल फाइबर (ओएफसी) नेटवर्क ६.८ लाख किलोमिटर छ। बीबीएनएलसँग मर्जरपछि, बीएसएनएलले ५.६७ लाख किलोमिटरको अतिरिक्त ओएफसी नेटवर्क प्राप्त गर्नेछ। यसबाट १.८५ लाख ग्राम पंचायत लाभान्वित हुने बताईएको छ। बीबीएनएल फेब्रुअरी २०१२ मा गठन भएको थियो। कम्पनीको मुख्य लक्ष्य यूएसओएफ (युनिभर्सल सर्भिस ओब्लिगेसन फण्ड) अन्तर्गत देशका २.५ लाख ग्राम पञ्चायतलाई ब्रोडब्यान्ड सेवा उपलब्ध गराउनु थियो।

यस वर्षको बजेट २०२२ मा पनि भारतीय सरकारले बीएसएनएलको पुनरुत्थानका लागि करिब ४५,००० करोड भारुको प्रावधान गरेको छ।

प्रकाशित: ८ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार