
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले पहिलो दिनको ५ मिनेटमै रेडमी प५० सिरिजका ३ लाख ३० हजार थान स्मार्टफोन बिक्री गरेको छ।
अघिल्लो हप्तामात्र सार्वजनिक भएको के५० लाइनअपका स्मार्टफोनको पहिलो बिक्री आज मंगलबार शुरु गरिएकोमा ५ मिनेटभित्रै ३ लाख ३० हजार थान बिक्री भएको जीएसएमएरिनाले जनाएको छ।
बिक्रीको यो आँकडा रेडमी के५० तथा रेडमी के५० प्रो को रहेको कम्पनीले आफ्नो वेबो एकाउन्टमा पोस्ट गरेको छ।
३ लाख ३० हजार बिक्री भएका स्मार्टफोनहरुमा यी दुवै मोडलका फरक फरक मेमोरी भएका ४ ओटा भेरियन्टट रहेको पनि बुझिएको छ।
बिक्रीको यो आँकडा यसको अघिल्लो के४० सिरिजको आँकडाको तुलनामा १० प्रतिशतले बढी भएको बताइएको छ।
के४० सिरिजका तीनओटा मोडल र्याम र आन्तरिक स्टोरेजका अझ बढी भेरियन्ट बिक्री गरिएका जीएसएमएरिनाले उल्लेख गरेको छ।
रेडमी के५० तथा ५०प्रो दुवैमा चिपसेट र क्यामरा सेन्सरबाहेक अन्य स्पेसिफिकेशनहरु उस्तै छन्।
के५० प्रोमा डाइमेन्सिटी ९००० चिपसेट र १०८ मेगापिक्सेल क्यामराका साथमा ५००० एमएएच ब्याट्री छ भने के५० मा डाइमेन्सिटी ८१०० चिपसेट, ४८ मेगापिक्सेल क्यामरा तथा ५५०० एमएएच ब्याट्री दिइएको छ।
प्रकाशित: ८ चैत्र २०७८, मंगलवार