
काठमाडौं ।
रुसले मेटाले अतिवादी गतिविधि गरिरहेको आरोप लगाएको छ।
मस्कोको अदालतले सोमबार मेटा अतिवादी गतिविधिका लागि दोषी पाइएको बताउँदै यसको ह्वाट्सएप मेसेन्जरको सेवा भने यथास्थितिमा चल्न पाउने बताएको हो।
रुसको उक्त अदालतले मेटा अन्तर्गतको यसअघि नै प्रतिबन्ध लागिसकेको सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्रामलाई लक्षित गर्दै यस्तो निर्णय सुनाएको हो।
मस्कोको ट्वेर्स्कोई जिल्ला अदालतले प्रेस विज्ञप्तिमा रुसको भूमिमा कम्पनीका गतिविधिमाथि प्रतिबन्ध लगाइयोस् भन्दै राज्यका तर्फबाट दायर गरेको उक्त मुद्दाका बारेमा मेटाले भने केही टिप्पणी नगरेको रोयटर्सले जनाएको छ।
मेटाका वकिल भिक्टोरिया शाकिनाले यसअघि अदालतलाई आफ्नो कम्पनीले अतिवादी गतिविधि नगरेको र ‘रुसोफोबिया’ रुसको विरोध गर्ने परिपाटीको विरुद्धमा रहेको बताएका इन्टरफ्याक्स न्यूज एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
मेटाले आफ्ना प्लेटफर्ममाथि तत्काल लागू हुनेगरी लगाइएको यस किसिमको प्रतिबन्धका विरुद्ध रुसमाथि पुनरावेदनमा जाने वा नजाने भन्ने प्रस्ट नभएको बुझिएको छ।
प्रकाशित: ८ चैत्र २०७८, मंगलवार