
काठमाडौं ।
विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमी ले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रोे+ ५जीनेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रोे+ ५जी मा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५जी प्रोसेसर रहेको छ ।
साथै, यस स्मार्टफोनमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ। आफ्नो नम्बर सिरिजमा रियलमी ले फेरि पनि विश्वभरका प्रयोगकर्ताहरुका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्य देखि उच्च खण्डमा थप विस्तार गरिरहेको छ।
युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रो प्लस ५जी को बारेमा रियलमीका ईण्डियाका प्रमुख कार्यकारी अधिकृत, रियलमीका उपाध्यक्ष तथा रियलमी ईन्टरनेशनल बिजनेश ग्रुपका अध्यक्ष माधव शेठ भन्छन्, “रियलमीको नम्बर सिरिज नेपालसहित विश्वभरिका प्रयोगकर्ताहरु माझ लोकप्रिय छ । हामीले विश्वभरि ४ करोड नम्बर सिरिजका स्मार्टफोनहरु वितरण गरिसकेका छौं र यो उपलब्धी हासिल गर्न यस पछाडि रहेको हाम्रो नवीन प्रयोग प्रतिको हाम्रो प्रतिबद्धता नै मुख्य कारक हो । रियलमी ९ प्रोप्लस ५जी को साथमा हामी नम्बर सिरिजलाई अझ विस्तार गर्नेछौं र केही हदसम्म प्रिमियम सुविधाहरु लिएर आउनेछौं।”
“नेपालको ५जी बजारमा रियलमी अग्रणी स्थानमा रहेर आफ्ना उत्पादनहरु मार्फत नवीन सुविधाहरु सहित आकर्षक प्रदर्शन गर्दै आएको छ । मिडियाटेक डाइमेन्सिटी ९२० भएको रियलमी ९ प्रो प्लस ५जी मा बजार निर्देशित गर्ने सुविधाहरु रहेको यस स्मार्टफोनबाट हामीलाई धेरै आशा रहेको छ। अप्टिकल इमेज स्टेबिलाइजेसन, सुपरचार्जिङ, लाइट सिफ्ट डिजाइन र हार्ट–रेट सेन्सरहरु प्रदान गर्ने यस स्मार्टफोनले देशभरिका ग्राहकहरुका लागि ५जी को अनुभव प्रदान गर्न तयार रहेको छ,” मिडियाटेक इन्डियाकी प्रबन्ध निर्देशक अंकु जैनले भनिन्।
रियलमी ९ प्रो+ ५जी ले उद्योग–अग्रणी लाइट शिफ्ट डिजाइन फिचर गर्दछ, जसले स्मार्टफोनको पछाडि रंग परिवर्तन गर्ने प्रभाव दिन्छ । यसमा डाइलामिक र्याम एक्स्पान्सन प्रविधि पनि रहेको छ ।
यसमा ठूलो ब्याट्री, शक्तिशाली प्रोसेसर लगायत अरु थुप्रै आकर्षक सुविधाहरु पनि रहेको छ र एन्ड्रोइड १२ मा आधारित रियलमी यूआई ३.० सहित उपलब्ध छ ।
९० हर्जको सुपर एमोलेड डिस्प्लेको विशेषता रहेको यो मुटुको गति सेन्सरसहितको इन–डिस्प्ले फिंगरप्रिन्ट फिचर गर्ने नेपालको पहिलो स्मार्टफोन पनि हो । रियलमी ९ प्रो+ ५जी ले ६० वाट सुपरडार्ट चार्जिङको साथमा ४५००एमएएच् ब्याट्री सपोर्ट गर्दछ जसकारण यस स्मार्टफोनलाई १५ मिनेटमै ५०% सम्म चार्ज गर्न सकिन्छ । ठूलो ब्याट्रीको बावजुद, रियलमी ९ प्रोे+ ५जी मात्र ७.९९ एमएमको छ र यसको तौल पनि १८२ ग्राम मात्र छ जसकारण यसलाई रियलमी नम्बर सिरिजकै पातलो स्मार्टफोन बनाउँछ ।
यो स्मार्टफोन तीन रंगहरुमा उपलब्ध छ – सनराइज ब्लू, मिडनाइट ब्ल्याक, अरोरा ग्रीन र तीन स्टोरेज भेरियन्टहरुमा उपलब्ध रहेको जनाएको छ।
प्रकाशित: ८ चैत्र २०७८, मंगलवार