
काठमाडौं ।
सोमबार एप्पलका थुप्रै सेवाहरुमा आउटेजको समस्या देखिएको छ। एप्पलको सपोर्ट पेजले उक्त कुराको पुष्टि गरेको हो।
आउटेजको समस्याबाट सबैभन्दा बढी एप स्टोर, आईमेसेज, म्याप्स, एप्पल आर्केड, आईट्युन्स स्टोर, पडकास्ट तथा एप्पल टीभी+ मा समस्या देखिएको थियो।
एप्पलको सिस्टम स्टाटस पेजमा अहिले भने ति सबै सेवाहरु पुन: सामान्य रुपमा सञ्चालन भइरहेका जानकारी दिइएको छ।
सोमबार भएको उक्त आउटेजको घटनाका क्रममा कम्पनीका केही सेवाहरु ३ घण्टासम्म डाउन भएका थिए।
अचानक भएको उक्त घटनाबाट क्यालेन्डर तथा मेलसहित थुप्रै आईक्लाउड सेवाहरु पनि प्रभावित भएका थिए। एप्पपले आफ्ना सिस्टममा आउटेजको समस्या आएको पुष्टि गरे पनि यसको पछाडि के कारण रहेको छ भन्ने खुलासा गरेको छैन।
आउटेज ट्र्याक गर्ने वेबसाइट डाउनडिटेक्टर डटकमका अनुसार ४ हजारभन्दा बढी प्रयोगकर्ताले एप्पल म्युजिक एक्सेस गर्न नसकेको तथा अन्य ४ हजार जनाले आईक्लाउडमा पहुँच नभएको गरेका बीबीसीले उल्लेख गरेको छ। एप्पलको आईमर्सर्ज पनि केही समयका लागि डाउन भएको बुझिएको छ।
प्रकाशित: ८ चैत्र २०७८, मंगलवार