Technology Khabar ८ चैत्र २०७८, मंगलवार
काठमाडौं ।
कनकाई नगरपालिकाले आफ्नो डिजिटल भुक्तानीलाई प्रयोगमा ल्याउन मन्दिरमा दानसमेत क्यूआर कोडबाट दिन सकिने प्रवन्ध मिलाएको छ।
कनकाई नगरपालिका र माछापुच्छ्रे बैङ्कको साझेदारीमा विभिन्न स्थान र कनकाई नगरपालिका– २ मा अवस्थित धनुषकोटी धार्मिक विकास संस्थामा समेत दानका लागि क्यूआर कोर्डको प्रवन्ध मिलाइएको छ।
नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलकाअनुसार नगरपालिकाले कागज र नोटरहित कारोबारलाई प्राथमिकता दिएर डिजिटल प्रणालीलाई प्राथमिकता दिँंदै लैजाने योजना लिएको छ।
त्यस्तै धाम विकास समितिका अध्यक्ष भक्तबहादुर पौड्यालकाअनुसार अब आफूलाई इच्छा लागेको दानलाई क्यूआर कोर्डबाटै मन्दिर र धाम विकास समितिलाई सहयोग गर्न सकिने छ।
कनकाई नगरपालिकामा हाल स–साना तरकारी पसलहरूमा समेत डिजिटल बैङ्किङ प्रणाली क्यूआर कोर्डबाटै भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ।
प्रकाशित: ८ चैत्र २०७८, मंगलवार