
काठमाडौं ।
टिकटक र ओरेकल डाटा भण्डारणको लागि एक सहयोग सम्झौताको नजिक पुगेका छन्। लोकप्रिय छोटो भिडियो एपले कसरी यसको प्रयोगकर्ता डाटा ह्यान्डल गर्छ भन्ने बारे अमेरिकी नियामक चिन्ताहरू कम गर्न सो सम्झौता हुन लागेको रोयटर्सले रिपोर्ट गरेको छ।
रिपोर्ट गरेअनुसार सम्झौता अन्तर्गत, ओरेकलले टिकटकको चिनियाँ अभिभावक बाइटडान्सलाई पहुँच नदिई अमेरिकाबाट टिकटक प्रयोगकर्ताहरूको जानकारी भण्डारण गर्नेछ।
अमेरिकी राष्ट्रिय सुरक्षा प्यानलले अमेरिकी प्रयोगकर्ताको डाटा चीनको कम्युनिष्ट सरकारलाई हस्तान्तरण गर्न सक्ने डरका कारण अमेरिकी राष्ट्रिय सुरक्षा प्यानलले बाइटडान्सलाई टिकटकमा डाइभेस्ट गर्न अर्थात लगानी हटाउन आदेश दिएको डेढ वर्षपछि यो सम्झौता हुन लागेको हो।
जो बाइडेन गत वर्ष अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको उत्तराधिकारी बनेपछि यो आदेश लागू भएको थिएन। टिकटकमा हुने डाटा सुरक्षामा चिन्ताहरू राखेको छ जुन बाइटडान्सले अब सम्बोधन गर्ने आशा गरिरहेको स्रोतहरूलाई उदृत गर्दै रिपोर्टमा भनिएको छ।
ओरेकलले सन् २०२० मा टिकटकमा अल्पसंख्यक हिस्सेदारी प्राप्त गर्ने बारे छलफल गरेको थियो, जब बाइटडान्स एप बेच्नका लागि अमेरिकी दबाबमा थियो।त्यसबेला अर्को टेक जायन्ट माइक्रोसफ्ट समेत सो दौडमा थियो।
क्लाउड कम्प्युटिङ जायन्टले नयाँ प्रस्तावित साझेदारी अन्तर्गत टिकटकको सबै अमेरिकी प्रयोगकर्ता डाटा ओरेकल डाटा सर्भरहरूमा भण्डारण गर्ने बताईएको छ। टिकटकको केहि डाटा हाल अल्फाबेट इंकको गुगल क्लाउडमा भण्डारण गरिएको छ।
प्रकाशित: ८ चैत्र २०७८, मंगलवार