आठ महिनामा कति रकमका ल्यापटप र नोटबुक आए? हेर्नुहोस् तथ्याङ्क

Technology Khabar ८ चैत्र २०७८, मंगलवार

आठ महिनामा कति रकमका ल्यापटप र नोटबुक आए? हेर्नुहोस् तथ्याङ्क
सांकेतिक तस्बिर

काठमाडौं ।

-साजन सुवेदी

आर्थिक वर्ष २०७८/७९ को ८ महिनाको अवधिमा नेपालमा ८ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीका ल्यापटप तथा नोटबुक आयात भएका छन्।

हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा विभिन्न ४० देशबाट ८ अर्ब ५८ ४० लाख ११ हजार रुपैयाँ बराबरका १ लाख ४४ हजार १८६ थान ल्यापटप तथा नोटबुकहरु आयात भएका पाइएको छ।

तथ्याङ्कअनुसार २०७८ माघ मसान्तसम्म ७ अर्ब ८० करोड ३ लाख ६५ हजार रुपैयाँका डिभाइस आयात भएकामा फागुन मसान्तसम्मको एक महिनामा ७८ करोड ३६ लाख ४६ हजार रुपैयाँले बढेको छ।

यस्तै ल्यापटप तथा नोटबुकको सङ्ख्या पनि माघ मसान्तसम्म १३१७६२ थान आयात भएकामा फागुन मसान्तसम्म आइपुग्दा १२ हजार १२४ ले बढेर १ लाख ४४ हजार १८६ पुगेको तथ्याङ्कले देखाएको छ।

सबैभन्दा धेरै १ लाख ३७ हजार ७२६ थान चीनबाट आयात

फागुन मसान्तसम्म चीनबाट सबैभन्दा धेरै अर्थात् १ लाख ३३ हजार ७२६ थान ल्यापटप तथा नोटबुक डिभाइसहरु आयात भएका पाइएको छ।

उक्त परिमाणको ल्यापटप तथा नोटबुकको मूल्य ८ अर्ब १९ करोड २५ लाख २० हजार रुपैयाँ रहेको तथ्याङ्क छ।

यसपछि मलेसियाबाट २२ करोड २५ लाख ९७ हजार रुपैयाँ बराबरको ३, ३८६ थान, सिंगापुरबाट ५८ करोड १८ लाख ७० हजार बराबरको ८८३ थान, अमेरिकाबाट ४० करोड १६ लाख ७० हजार बराबरको ६१९ थान, ताइवानबाट ८ करोड ४ लाख ३० हजार बराबरको ५०९ थान तथा जापानबाट १४ ७५८ बराबरको १९७ थान ल्यापटप तथा नोटबुक आयात भएका पाइएको छ।

यसबाहेक अन्य देशहरुको सूची यसप्रकार छ:

क्रं.सं.देशआयात भएको सङ्ख्यामूल्य
यूएई१८२१, १२, ७४०००
थाइल्याण्ड१२५६०, ९३०००
कोरिया१२६६३, ६६०००
क्यानडा१०४६७, ५१०००
भारत५७४०, ८१०००
बेलायत२७१६, ५८०००
फिलिपिन्स३३२०, ४००००
अस्ट्रेलिया८३२६, ५१०००
भियतनाम१४३१, ६६०००

यसबाहेक अन्य २४ देशबाट पनि फुटकार रुपमा ल्यापटप तथा नोटबुक आयात भएको देखिएको छ।

प्रकाशित: ८ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया