
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको पोको एफ४ गीकबेन्चको सूचीमा देखिएको छ।
उक्त सूची अनुसार यो डिभाइसले स्न्यापड्रागन ८७० चिपसेटसहित अन्य दुई ओटा सर्टिफिकेशन प्राप्त गरेको छ। ती दुई सर्टिफिकेशन एफसीसीका तर्फबाट पाएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
गीकबेन्चको स्कोर हेर्दा यसअघि यो डिभाइस चीनमा २ महिनाअघि सार्वजनिक भएको रेडमी के४०एसको रिब्रान्डेड भर्सन हुने भन्ने हल्लालाई पुष्टि गर्न लागेको देखिएको छ।

यसमा पनि के४०एसमा झैं स्न्यापड्रागन ८७० चिप रहने पक्का भएको र आफ्ना चिनियाँ फोनलाई विश्व बजारमा नयाँ नाममा ल्याउने शाओमीको पुरानै चलन भएकाले पनि यस्तो आकलन गरिएको हो।
यसबाहेक उक्त डिभाइसमा ८ जीबी र्याम तथा एन्ड्रोइड १२ अपरेटिङ सिस्टम रहने बुझिएको छ।
प्रकाशित: ७ चैत्र २०७८, सोमबार