साइबर सेक्युरिटी सिमुलेशन ल्याबको परामर्शका लागि सुबिसुसहित चार कम्पनी शर्ट लिस्ट

Technology Khabar ७ चैत्र २०७८, सोमबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार उद्योगका साइबर सेक्युरिटी सिमुलेशन ल्याब निर्माण गर्नका लागि चार ओटा कम्पनीलाई शर्ट लिस्ट गरेको छ।

कम्पनीले आइतबार एउटा सूचना जारी गरेर दूरसञ्चार उद्योगका साइबर सेक्युरिटी सिमुलेशन ल्याब निर्माण कार्यको परामर्शका लागि आह्वान भएको आशयपत्र अनरुप चार ओटा अन्तरराष्ट्रिय परामर्शदातृ संस्थाहरुलाई सूचीबद्ध गरिएको जनाएको छ।

प्राधिकरणले गत अक्टोबर १० मा खुलाएको ईओआई ०२/एसएलएबी/एनटीए/२०२१ नम्बरको आशयपत्र अन्तर्गत रीतपूर्वक आवेदन दिएकामध्ये सबैभन्दा वाञ्छनीय चार कम्पनीलाई शर्ट लिस्ट गरिएको जनाएको छ।

शर्ट लिस्ट गरिएका कम्पनीहरु यसप्रकार छन्:

क्रं.सं.परामर्शदातृ कम्पनीको नाम
अर्न्स्ट एन्ड एलएलपी, एरोसिटी, महिपालपुर, दिल्ली, भारत
सुबिसु केबलनेट लि. १४८, थिरबम सडक, बालुवाटार काठमाण्डौं
पेन्टाकम्प सिस्टमी इन्फर्म्याटिक्ज्ने एस.ए., एलिजे जेरोजोलिम्सकाई १७९ वार्स माजोचभियन, पोल्याण्ड
फाल्कन-राकोम जेभी, नयाँ दिल्ली, भारत

प्रकाशित: ७ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया