अटो चिपको विकास गर्दै चिनियाँ कार निर्माताहरु

  • Technology Khabar | ७ चैत्र २०७८, सोमबार
अटो चिपको विकास गर्दै चिनियाँ कार निर्माताहरु

काठमाडौं ।

चिनियाँ कार निर्माताहरु सेमिकन्डक्टर विकासमा संलग्न हुन थालेका छन्।

विश्वमा केही समयदेखि भइरहेको चिप अभावले अटोमोटिभ उद्योगलाई लगातार प्रभाव पारिरहेका बेला कार निर्माताहरु आफैं अटोमोटिभ चिप उत्पादनको क्षेत्रमा लागिपर्न लागेका हुन्।

चिनियाँ कार निर्माताहरु अझै अटोमोटिभ चिप निर्यातमै भर परिरहनुपरेकाले पनि आफ्नै स्थानीय सेमिकन्डक्टर आपूर्ति श्रृङ्खला बनाउने उद्देश्यले यसतर्फ अग्रसर भएको डिजिटाइम्सले जनाएको छ।

लीप मोटर तथा दाहुआ टेक्नोलोजीले लिपको विद्युतीय गाडीहरुका लागि एआई स्वायत्त ड्राइभिङ चिप निर्माणका लागि सन् २०१८ देखि साझेदारी गरिरहेका छन्।

फेब्रुअरी २०२२ सम्म लीपले कार डेलिभरीमा ११ महिनासम्म वार्षिक २०० प्रतिशतले वृद्धि गरेको आँकडा छ।

फेब्रुअरीमा मात्रै कार डेलिभरी ४४७ प्रतिशत बढेको पाइएको छ।

चिनियाँ कम्पनी बीवाईडिद्ये आफ्नो विज्ञता कार उत्पादनदेखि विद्युतीय गाडीका मुख्य तीन आयाम ब्याट्री, मोटर तथा कन्ट्रोल यूनिट निर्माणसम्म फैलाइसकेको छ।

बीवाईडीको सेमिकन्डक्टर यूनिट एक्सपेङ तथा यूटोङ बसका लागि आपूर्तिकर्ताका रुपमा रहँदै आएको छ।

यसैगरी नियो तथा एक्सपेङले पनि सेमिकन्डक्टर विकास गरिरहेको बुझिएको छ।

प्रकाशित: ७ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...