म्यानमारमा टेलिनोरको सेवा बिक्री गर्न जुन्ताको इजाजत

Technology Khabar ७ चैत्र २०७८, सोमबार

काठमाडौं ।

म्यानमारको जुन्ताले टेलिनोरको सेवा बिक्री गर्न इजाजत दिएको छ।

नर्वेको दूरसञ्चार कम्पनी टेलिनोरले म्यानमारको स्थानीय कम्पनी तथा लेबननको लगानी संस्थामार्फत् आफ्ना सेवाहरु बिक्री गर्ने इजाजत पाएको कम्पनीद्यलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

मानव अधिकार तथा उत्तरदायी व्यवसायका साथै म्यानमारको स्थानीय कानून यूरोपेली कानूनसँग बाझ्ने भएकाले कम्पनीले म्यानमार छोड्नुपर्ने भएको टेलिनोरका सीईओ सिग्भे ब्रेकले एउटा विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनका अनुसार म्यानमारको सुरक्षा अवस्था निकै टिठलाग्दो रहेको र आफूहरुले देश छोडेपछि कम्पनीका कामदारको सुरक्षामा आँच नआओस् भन्ने सोच्नुपर्ने छ।

रोयटर्सका अनुसार जुन्ताले उक्त इजाजत गत शुक्रबार दिएको हो। मार्च १५ मा पठाइएको अनुमोदन पत्रमा टेलिनोर म्यानमार इकाई सार्ने काम ५ दिनभित्र गरिसक्नुपर्ने उल्लेख गरिएको रोयटर्सले जनाएको छ।

म्यानमारका अधिकारीहरुले यसबारेमा तत्काल कुनै जानकारी नदिएको बताइएको छ।

प्रकाशित: ७ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया