
काठमाडौं ।
गुगलले युट्युब र गुगल प्लेमा उमेर-प्रतिबन्धित सामग्री पहुँच गर्न चाहने अष्ट्रेलियाका प्रयोगकर्ताहरूलाई उमेर प्रमाणिकरण जाँचहरू विस्तार गर्ने घोषणा गरेको छ।
आउँदो महिनामा, सर्च जायन्टले उमेर प्रमाणिकरण जाँचहरू प्रस्तुत गर्नेछ, जहाँ प्रयोगकर्ताहरूलाई युट्युबमा वयष्क सामग्री हेर्न वा गुगल प्लेमा सामग्री डाउनलोड गर्ने प्रयास गर्दा उमेरको थप प्रमाण प्रदान गर्न भनिएको जेडीनेटले रिपोर्ट गरेको छ।
“यो कदम प्रयोगकर्ताहरूलाई “उमेर उपयुक्त अनुभवहरू” प्रदान गर्न हो,” गुगल सरकारका मामिलाहरू र सार्वजनिक नीति वरिष्ठ प्रबन्धक सामन्था योर्कले एक ब्लग पोस्टमा बताईन्।
“यस प्रक्रियाको एक भागको रूपमा केही अष्ट्रेलियाली प्रयोगकर्ताहरूलाई युट्युबमा वयष्क सामग्री(म्याचर कन्टेन्ट) हेर्न वा गुगल प्लेमा सामग्री डाउनलोड गर्दा उमेरको थप प्रमाण प्रदान गर्न सोध्न सकिन्छ।
“यदि हाम्रा प्रणालीहरूले दर्शक १८ वर्षभन्दा माथिको छ भनी स्थापित गर्न असमर्थ भएमा, हामी उनीहरूलाई उनीहरूको उमेर प्रमाणित गर्न वैध आईडी वा क्रेडिट कार्ड प्रदान गर्न अनुरोध गर्नेछौं।”
गुगलले चालक अनुमतिपत्र वा राहदानी जस्ता सरकारले जारी गरेको वैध आईडीलाई मान्छ।
“यदि कुनै प्रयोगकर्ताले आफ्नो आईडीको प्रतिलिपि अपलोड गर्दछ भने, एक पटक व्यक्तिको जन्म मिति प्रमाणित भएपछि यो सुरक्षित रूपमा भण्डारण गरिनेछ, सार्वजनिक गरिने छैन, र मेटाइनेछ।” कम्पनीले आश्वस्त पारेको छ।
गुगलले यो कदम अस्ट्रेलिया सरकारको अनलाइन सुरक्षा (प्रतिबन्धित पहुँच प्रणाली) घोषणा २०२२ को प्रतिक्रियामा भएको बताएको छ, जसमा प्रयोगकर्ताहरू १८ वर्षभन्दा माथिका छन् भनी पुष्टि गर्नका लागि प्लेटफर्महरूले कदम चाल्नुपर्छ भने उनीहरूले १८ वर्षभन्दा कम उमेरकाका लागि सम्भावित रूपमा अनुपयुक्त हुनसक्ने सामग्री पहुँच गर्न सक्छन्। यो घोषणा अनलाइन सुरक्षा ऐन अन्तर्गत पेश गरिएको थियो।
प्रकाशित: ६ चैत्र २०७८, आईतवार