अमेरिकी क्यारियर टी मोबाइलमा सिम स्वापिङ गर्दा पिन राख्नुपर्ने व्यवस्था

Technology Khabar ५ चैत्र २०७८, शनिबार

काठमाडौं ।

अमेरिकी क्यारियर टी मोबाइलले सेवा प्रदायकहरु परिवर्तन गर्न खोज्ने ग्राहकहरूका लागि अतिरिक्त सुरक्षा उपायहरू ल्याएको छ। कम्पनीले सिम स्वापिङबाट हुने फ्रड घटनाहरु रोक्नका लागि नयाँ सुरक्षा तह ल्याएको हो।

टी मोबाइलले यसको पोर्ट-आउट प्रक्रियामा नयाँ सुरक्षा तह थप्दैछ र अब प्रयोगकर्ताहरूलाई पिन सिर्जना गर्न आवश्यक भएको ९टू५म्याकले रिपोर्ट गरेको छ। यस सुविधालाई खाता टेकओभर सुरक्षा भनिन्छ, र यसले यस प्रक्रियाको क्रममा फ्रडको जोखिम कम गर्ने लक्ष्य राख्छ।

द टी मोको रिपोर्ट अनुसार, आफ्नो नम्बर स्थानान्तरण गर्ने प्रयोगकर्ताहरूले टी मोबाइलको एप वा साइटबाट छ-अङ्कको पिन बनाउनु आवश्यक पर्दछ। त्यसपछि तिनीहरूले आफ्नो फोन नम्बर फरक प्रदायकमा परिवर्तन गर्दा यो पिन नम्बर हाल्नु आवश्यक हुनेछ। यो अतिरिक्त कदम ह्याकरहरूलाई “सिम स्वापिङ” आक्रमणहरूमा फोन नम्बरहरू चोरी गर्न गाह्रो बनाउनको लागि हो।

टी मोबाइलले द भर्सलाई दिएको जानकारीअनुसार ग्राहकहरूलाई अनाधिकृत पोर्ट आउटबाट जोगाउन सुरक्षाको थप तह थप्नको लागि नम्बर स्थानान्तरण पिनहरू राख्दैछ र यी पिनहरू चाँडै राखिनेछन्।

यो हाल पोस्टपेड खाताहरूको लागि मात्र उपलब्ध भएको बताईएको छ। माइग्रेसन पर्खिरहेका स्प्रिन्ट ग्राहकहरूले माइग्रेट गर्नु अघि खाता टेकओभर सुरक्षा थप्न सक्छन्। यो सुविधा प्रिपेड प्रयोगकर्ताहरूको लागि कहिले  उपलब्ध हुनेछ भन्ने निश्चित छैन।

क्यारियर प्रतिस्पर्धीहरू भेरिजोन र एटी एण्ड टीमा पहिले नै पोर्ट-आउट प्रक्रियाको लागि पिन सिर्जना आवश्यक छ। सिम स्वापिङ आक्रमणहरू पछिल्लो समय बढिहरेको बताईएको छ।

स्क्यामरहरू यी आक्रमणहरू गर्न मन पराउँछन् किनभने यसले नाम, ठेगाना, जन्म मिति, आदि जस्ता धेरै व्यक्तिगत जानकारीहरू प्रदान गर्दछ। यो उनीहरूको लागि ग्राहकको पहिचान मात्र नभई पैसा लिनको लागि ग्राहकको निजी जानकारीमा पहुँच प्राप्त गर्ने तरिका पनि हो।

प्रकाशित: ५ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया