सिटिजन्स बैंकले ल्यायो ईकेवाईसी सेवा

  • Technology Khabar | ४ चैत्र २०७८, शुक्रबार
सिटिजन्स बैंकले ल्यायो ईकेवाईसी सेवा

काठमाडौं ।

सिटिजन्स बैंक लिमिटेडका ग्राहकहरूले केवाइसी फारम भर्न वा अद्यावधिक गर्न भौतिक रुपमा बैंक धाउनुपर्ने अवस्था अन्त्य भएको छ।

बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी अद्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ईकेवाईसी सेवा संचालनमा ल्याएको हो।

यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ्ग एपमा उपलब्ध गराईएको लिङ्कमा गएर ग्राहकहरुले आफ्नो खाताको केवाईसी विवरणहरु बिना झन्झट अपडेट गर्न सक्नेछन्। आफ्नो केवाईसी फर्म अपडेट गर्नु अघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

बैंकले यसअघि डिजिटल सेवाअन्तरगत कियोस्क सञ्चालन गरिसकेको छ। कियोस्कबाट ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्नेजस्ता सेवा लिँदै आएका छन्।

बैंकले हाल १७४ शाखा, १२३ एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...