
काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल सिटिजन अभियानअन्तर्गत नेपालको अनलाइन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ।
यस साझेदारीले बीमा शुल्क भुक्तानीका लागि सहज बनाउनुको साथै सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गर्ने छ।
सिटिजन लाइफको अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षदेखि संचालनम छन् । साथै, हालसालैदेखि अनलाईन बीमा दाबी सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट सञ्चालन गरिरहेको छ।
डिजिटल सिटिजन अभियान अन्तर्गत आगामी दिनहरुमा पनि थप डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार