
काठमाडौं ।
थेरानोस कम्पनीकी संस्थापक एलिजाबेथ होम्सका पूर्व सहकर्मी रमेश सन्नी बलवानीमाथि पनि सुनुवाई हुने भएको छ।
कम्पनीको शुरुवाती चरणमा विज्ञका हिसाबले संलग्न रहेर सँगै काम गर्दै आएका बलवानीमाथि सुनुवाई हुने भएको हो।
त्यति बेला होम्स कम्पनीको सञ्चालक तथा बलवानी भने कम्पनीका अध्यक्ष तथा चिप अपरेटिङ अफिसरका रुपमा रहेका थिए।
गत जनवरीमा होम्समाथि लगानीकर्तामाथि ठगीको आरोप लागेपछि उनले बलवानीलाई पनि यसमा सहभागी रहेको र उनले कम्पनीलाई दुरुपयोग तथा नियन्त्रण गर्ने गरेको बताएकी थिइन्।
यो कुरालाई इन्कार गर्दै आएका बलवानीमाथि होम्सकै संकेतमा सुनुवाई हुने भएको बीबीसीले उल्लेख गरेको छ।
कुनै बेला १० अर्ब डलर बराबरको कम्पनी थेरानोसले आफूसँग भएको एक थोपा रगतमार्फत् सबै रोगको निदान गर्ने प्रविधि वास्तविक नभई झूटो भएको पत्ता लागेपछि यसको बर्बादीका दिन शुरु भएको हो।
होम्स र बलवानी दुवैले मिलेर कम्पनी अघि बढाएको कम्पनीका कर्मचारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
बलवनीमाथि आगामी शुक्रबारलाई तय गरिएको सुनुवाईले थेरानोसको मुद्दाका बारेमा थप प्रस्ट पार्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार