सामसङ ग्यालेक्सी एस२२ मा त्रुटि भएको स्वीकार, सामसङका उपाध्यक्षले मागे माफी

  • Technology Khabar | ४ चैत्र २०७८, शुक्रबार
सामसङ ग्यालेक्सी एस२२ मा त्रुटि भएको स्वीकार, सामसङका उपाध्यक्षले मागे माफी

काठमाडौं ।

पछिल्लो दिनमा सामसङको फ्ल्यागशिप फोनहरुमा समस्या भएको र गेमको परफरमेन्स कम गरेको आरोप लागेको थियो। अहिले सो त्रुटी कम्पनीले स्वीकार गरेको छ।

सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष हान जोङले बुधबार सामसङको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस२२ को परफरमेन्सका लागि माफी मागेका छन्। हानले व्यक्तिगत र अनलाइन दुबै वार्षिक साधारण सभामा भाग लिने १,६०० शेयरधनीहरूको अगाडि ग्यालेक्सी एस२२ मा त्रुटि रहेको स्वीकार गरे।

खेल अप्टिमाइजिङ फिचर बारेमा गुनासो
नयाँ स्मार्टफोनको गेम अप्टिमाइजिङ फिचरलाई लिएर बढ्दो गुनासोबीच सामसङका शीर्ष कार्यकारीले माफी मागेको यो पहिलो पटक हो। जीओएस एक सफ्टवेयर हो जसले ब्याट्रीलाई लामो समयसम्म टिकाउन मद्दत गर्न स्मार्टफोनको कार्यसम्पादनलाई बढाउँछ। यसले व्यापक रूपमा प्रयोग गरिएका एपहरू प्रयोग गर्दा फोनलाई बढी तात्नबाट रोक्छ।

सामसङले ग्यालेक्सी एस७ सिरिजको साथ २०१७ मा यो सफ्टवेयर प्रयोग गर्न थालेको थियो। त्यसबेला यो ऐच्छिक थियो जुन प्रयोगकर्ताको रोजाइअनुसार बन्द गर्न सकिन्छ। तर यो नयाँ ग्यालेक्सी एस२२ फोनमा एपहरूको लागि स्वचालित रूपमा सुरु भएको छ।

गीकबेन्च प्लेटफर्मले सूचीबाट हटायो ग्यालेक्सी एस२२

गीकबेन्चले पहिले नै यो त्रुटि पहिचान गरिसकेको थियो। परिणामस्वरूप, ग्लोबल स्मार्टफोन प्रदर्शन ट्र्याकिङ प्लेटफर्म गीकबेन्चले फोनको कार्यसम्पादनलाई ५३.९ प्रतिशतमा डाउनग्रेड गरेको थियो। गीकबेन्च प्लेटफर्मले भर्खरै सामसङका फोन र ट्याब्लेटहरूलाई यसको मूल्याङ्कन सूचीबाट नै हटायो। सामसंगले गत हप्ता रिपोर्ट गरेअनुसार यसले सफ्टवेयर अपडेटको साथ समस्या समाधान गर्नेछ, तर यसले मानिसहरुको आक्रोश कम हुने कुनै संकेत देखाएन।

त्यसैले पनि सामसङका उपाध्यक्ष हानले कम्पनीको तर्फबाट र व्यक्तिगत रुपमा सबैसँग माफी मागेका हुन्।एजेन्सीहरुका साथ

प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार