युट्युबमा टेस्ला कारको भिडियो सेयर गर्ने कम्पनीका कर्मचारी बर्खास्त

  • Technology Khabar | ४ चैत्र २०७८, शुक्रबार
युट्युबमा टेस्ला कारको भिडियो सेयर गर्ने कम्पनीका कर्मचारी बर्खास्त

काठमाडौं ।

इलन मस्कको कम्पनी टेस्लाका एक कर्मचारीले आफ्नो युट्युब च्यानलमा टेस्लाको भिडियो अपलोड गर्नु निकै महंगो साबित भएको छ। वास्तवमा, जोन बर्नल नामक टेस्लाका कर्मचारीले टेस्लाको इलेक्ट्रिक कारको सेल्फ-ड्राइभिङ बिटा सफ्टवेयरको समीक्षा गरिरहेका थिए, र सो समीक्षा गर्ने कर्मचारीलाई कम्पनीले बर्खास्त गरेको हो।

जोन बर्नलले एआई एडिक्ट नामको युट्युब च्यानलमा टेस्लाको एउटा भिडियो पोष्ट गरेका थिए, जसमा टेस्लाको इलेक्ट्रिक कार ठूलो पोलमा ठोक्किएको देखिएको थियो। उनको कम्पनीले यो कुरा थाहा पाएपछि उनलाई जागिरबाट हटाएको हो।

टेस्लाको नीति तोडेको आरोप

मिडिया रिपोर्टकाअनुसार, बर्नललाई बर्खास्त गर्नु अघि, उनको प्रबन्धकले टेस्ला नीति उल्लङ्घन गरेको मौखिक रूपमा आरोप लगाए। तर, लिखित रुपमा दिएको सूचनामा उनलाई हटाउनुको कारण खुलाइएको छैन ।

अपलोड गरिएको भिडियोले २५०,००० भन्दा बढी भ्यूहरू प्राप्त गर्यो र यो ट्विटर जस्ता सामाजिक सञ्जालहरूमा सेयर गरिएको थियो। बर्नलले भिडियो पोस्ट गरेपछि, अटोपायलट टोलीका प्रबन्धकले उनलाई कारको बारेमा नकारात्मक सामग्री भएको पोस्ट हटाउन आग्रह गरेका थिए। र उनले भिडियो कन्फ्रेन्स पनि गरेका थिए।

अटोपाइलट र एफएसडी सुविधाहरू ड्राइभिङका लागि असुरक्षित

रिपोर्टका अनुसार टेस्लाले आफ्ना कर्मचारीहरूद्वारा गरिने बाहिरी आलोचना सहन गर्दैन। कर्मचारीहरूलाई कम्पनीहरूमा विभिन्न स्तरहरूमा आफ्नो दृष्टिकोण उठाउने अवसर दिइन्छ तर नीतिअनुसार कम्पनीको जानकारी बाहिर दिन पाईँदैन्।

यसैबीच, अमेरिकी सिनेटरहरूले टेस्लाको अटो पाइलट र एफएसडी सुविधाहरू ड्राइभिङका लागि सुरक्षित रहेको दाबीलाई खारेज गरेका छन्। टेस्लाका सार्वजनिक नीतिका वरिष्ठ प्रबन्धक रोहन पटेलले अमेरिकी सिनेटर रिचर्ड ब्लुमेन्थल (डी-सीटी) र एड मार्के (डी-एमए) लाई लेखेको पत्रमा टेस्लाको अटो पाइलट र एफएसडी क्षमताहरूले  ग्राहकहरूको ड्राइभ गर्ने क्षमतालाई बढाउन गर्न सक्ने उल्लेख छ। जुन अमेरिकामा औसत चालक भन्दा सुरक्षित भएको दाबी छ।

प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार