
काठमाडौं ।
एन्ड्रोइड तथा क्रोमको प्रबर्द्धनका लागि गुगलले म्याकलरेन रेसिङसँग साझेदारी गरेको छ।
साझेदारी अनुसार एफ१ कारको इन्जिन कभरमा एन्ड्रोइडको लोगो रहनेछ भने चक्काको कभरमा क्रोमको लोगो रहनेछ।
गुगलले पनि रेसिङ सप्ताहान्तमा हुने सबै सेसनरको टिम सञ्चालनका बेला एन्ड्रोइड डिभाइस तथा क्रोम ब्राउजर उपलब्ध गराउने जीएसएमएरिनाले जनाएको छ।
यो बहुवर्षीय सम्झौता म्याकलरेन फर्मुला १ टिम तथा एमएक्स एक्स्ट्रिम टिमका लागि लागू हुने बताइएको छ।
गुगलको ब्राण्डिङ फर्मुला १ चालक लोन्डो नोरिस तथा डेनियल रिक्कियार्डो तथा एक्स्ट्रिम ई-कार चालक एम्मा गिल्मर तथा ट्यानर फाउस्टको जर्सीमा पनि राखिनेछ।
म्याकलरेनका सीईओ ज्याक ब्राउनले आफ्ना टिमहरुलाई ड्राइभिङ पर्फर्मेन्सका लागि सहयोग गरिएको भए अझ राम्रो हुने बताए।
‘म्याकलरेन रेसिङले रेसट्र्याकमा पर्फर्मेन्स, समावेशीता तथा दिगोपनाका लागि सम्भावित सबैभन्दा उत्कृष्टतालाई जनाउँछ’, गुगलको मार्केटिङ उपाध्यक्ष निकोलस ड्रेकले थपे।
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार