
काठमाडौं ।
नर्टनलाइफलक (NortonLifeLock) ले अभास्टलाई ८.६ अर्ब डलरमा खरिद गर्ने योजना बुधबार रोकिएको छ। बेलायतको एन्टी-ट्रस्ट नियामकले प्रतिस्पर्धाको चिन्ताको कारण प्रस्तावित साइबर सुरक्षा मर्जरमा गहिरो अनुसन्धान सुरु गर्ने बताएपछि सो योजना हाल रोकिएको हो।
नर्टनलाइफलकले अगस्टमा लन्डनमा सूचीबद्ध प्रतिद्वन्द्वी अभास्टलाई नगद र स्टक साइबर सम्झौतामा किन्न प्रस्ताव गरेको थियो । जसले ५० करोड भन्दा बढी ग्राहकहरूको लागि उपभोक्ता सुरक्षा सफ्टवेयरमा एक मार्केट लिडर बनाउने थियो।
बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरण (सीएमए) ले यो सम्झौताले प्रतिस्पर्धालाई हानि पुर्याउन सक्छ र सुरक्षा सफ्टवेयर खोज्दा बेलायती ग्राहकहरूलाई नराम्रो सम्झौतामा पुर्याउन सक्ने बताएको छ।
सीएमएका निष्कर्षहरू प्रारम्भिक अनुसन्धानमा आधारित छन् र नियामकले कम्पनीहरूलाई आफ्ना चिन्ताहरू कम गर्न वा गहन छानबिनको सामना गर्न प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
नियामकको निर्णय आश्चर्यजनक भएको भन्दै नर्टनलाइफलकले बुधवार यसले कुनै पनि चरणको सुझाब प्रस्ताव गर्ने योजनामा नभएको बताएको छ।
बेलायती अनुसन्धानका कारण यो डिल अब केहि समय पछाडी धकेलिने नर्टनलाइफलकले जनाएको छ।
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार