हेट स्पिचको आरोपमा हलिउड र्यापर कान्ये वेस्ट इन्स्टाग्रामको निलम्बनमा

  • Technology Khabar | ३ चैत्र २०७८, बिहीबार
हेट स्पिचको आरोपमा हलिउड र्यापर कान्ये वेस्ट इन्स्टाग्रामको निलम्बनमा

काठमाडौं ।

सामाजिक सञ्जालको उत्पीडन नीति उल्लङ्घन गरेको भन्दै हलिउडका कलाकार कान्ये वेस्टलाई इन्स्टाग्रामबाट २४ घण्टाका लागि निलम्बन गरिएको छ।

वेस्ट जसले “ये (Ye)” नाममा इन्स्टा चलाउँछन् र परिचित छन्, उनी २४ घण्टाको लागि पोस्ट, टिप्पणी वा प्रत्यक्ष सन्देश पठाउन सक्षम हुनेछैन।

इन्स्टाग्रामको स्वामित्वमा रहेको मेटाका प्रवक्ताले बिहीबार सीएनबीसीलाई दिएको जानकारीअनुसार वेस्टले घृणायुक्त भाषण र धम्की तथा उत्पीडनमा फर्मको नीतिहरूको उल्लंघन गरेको छ।

पोष्टको विवरण नखुलेको मेटाले आगामी दिनमा पनि वेस्टले अपमान गर्ने कार्य जारी राखेमा थप कारबाही गर्न सकिने बताएको छ।

बुधवार शोबिज प्रकाशन भेराइटीको एक रिपोर्टकाअनुसार वेस्टले “द डेली शो” को होस्ट ट्रेभर नोआलाई जातीय गाली गलौजहरू गरेका थिए, जुन अहिले मेटाइएको छ।

नोआले कान्ये वेस्ट, वेस्टकी पूर्व पत्नी किम कार्दशियन र उनको प्रेमीको झगडाको बारेमा “स्याटरडे नाइट लाइभ” कमिक पीट डेभिडसनसँग छलफल गरेपछि गाली आएको बताईएको छ।

कार्दशियनले एक वर्षअघि वेस्टसँगको असमझदारीको कारणले सम्बन्धविच्छेदको लागि निवेदन दिएकी थिईन्। सो जोडीका चार सन्तान छन्।

प्रकाशित: ३ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार