काठमाडौं ।
रुस–युक्रेन युद्धले विश्वलाई नै असर गरिरहेको छ। तर यस युद्धले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको सञ्चालनमा कुनै असर नपर्ने नासाले बताएको छ। रूसी क्याप्सुलमा एक योजनाबद्ध अमेरिकी अन्तरिक्ष यात्री पनि छन्, जो यस महिनाको अन्तमा फर्किनेछन्।
अन्तरिक्ष यात्री मार्क भान्डे हेई आफ्ना अन्य सहकर्मी प्योत्र डुब्रोभ र एन्टोन स्केपलेरोभसँग मार्च ३० मा कजाकिस्तानको बायकोनुर कस्मोड्रोममा उत्रने कार्यक्रम छ। यी व्यक्ति रुसी क्याप्सुल सोयुजमा बसेर ३५५ दिनपछि अन्तरिक्षबाट फर्किनेछन्। यो अमेरिकाका लागि नयाँ कीर्तिमान हुनेछ ।
युक्रेनलाई लिएर अमेरिका र रुसबीच जारी तनावका कारण ५५ वर्षीय मार्क भान्डे हेई पनि बाहिरै अलपत्र पर्न सक्ने आशंका गरिएको थियो। तर मिडियालाई भर्खरै दिएको बयानमा नासाका आईएसएस कार्यक्रम प्रबन्धक जोयल मोन्टलबानोले भने, “म निश्चित रूपमा भन्न सक्छु कि मार्क सोयुजमा घर फर्कदैछन्। हामी हाम्रा रुसी सहकर्मीहरूसँग सम्पर्कमा छौं। यसमा कुनै समस्या छैन। चालक दलका तीनै सदस्यहरु घर फर्किदै छन्।”
सप्ताहन्तमा, रूसको अन्तरिक्ष एजेन्सीका प्रमुख दिमित्री रोगोजिनले रूसमा पश्चिमी प्रतिबन्धहरूले आईएसएसलाई दुर्घटनामा पार्न सक्ने फेरि चेतावनी दिए। जसका कारण अन्तरिक्ष स्टेशनको सञ्चालन रोकिन सक्नेछ जुन यसलाई अर्बिटमा राखिराख्न आवश्यक छ।
त्यसपछि यस हप्ताको सुरुमा रूसी समाचार एजेन्सी तासले भन्यो, “रूसी अन्तरिक्ष निगम रोजकोसमोसले आफ्ना साथीहरूलाई यसको विश्वसनीयतामाथि शंका गर्ने अलिकति पनि मौका दिएको छैन, र भान्डे हेई योजना अनुसार घर जानेछन्।”
अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनलाई पावर र लाइफ सपोर्ट उपलब्ध गराएको छ। जबकि प्रोपल्सन र र एटीट्यूड कंट्रोल रूसद्वारा गरिन्छ। सन् १९९० को दशकमा स्थापना भएदेखि नै यी दुई एक अर्कामा निर्भर छन् ।
अमेरिकाले निरन्तर नर्थरोप ग्रुम्यान र स्पेसएक्स जहाजहरूमार्फत स्टेशनलाई कक्षमा राख्न कोशिस गरिरहेको छ, तर अहिलेसम्म त्यसो गर्न सफल भएको छैन। त्यसकारण, रुसको सहयोग बिना कक्षमा अन्तरिक्ष स्टेशनको अस्तित्व अझै सम्भव छैन।
प्रकाशित: ३ चैत्र २०७८, बिहीबार