रियलमी ९ प्रो प्लस फाइभजी नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषताहरु

  • Technology Khabar | ३ चैत्र २०७८, बिहीबार

काठमाडौं ।

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रो प्लस फाइभजी नेपाली बजारमा छिटै सार्वजनिक गर्ने भएको छ।

उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रो+ ५जी मा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५जी प्रोसेसर रहेको छ । साथै, यस स्मार्टफोनमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ।

आफ्नो नम्बर सिरिजमा रियलमीले फेरि पनि विश्वभरका प्रयोगकर्ताहरुका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्यदेखि उच्च खण्डमा थप विस्तार गरिरहेको छ ।

रियलमी ९ प्रो +५जी दुई आकर्षक रङ्गहरुमा आउनेछ मिडनाइट ब्ल्याक र अरोरा ग्रीन सहित दुई भेरियन्टहरुमा उपलब्ध हुनेछ- ६+१२८ जिबी र ८+१२८ जिबी ।

रियलमी ९ प्रो+ ५जी मा फ्ल्यागशिप ट्रिपल क्यामरा सेटअप रहेको छ, जसमा ५० एमपी प्रमुख क्यामरा, ८ एमपीसुपर वाइड क्यामरा र २ एमपीको क्यामरा रहेको छ।

आफ्नो खण्डमा सोनी आईएमएक्स ७६६ सेन्सर हुने यो पहिलो स्मार्टफोन हो । हाइ डाइनामिक रेन्जको सेन्सरले भिन्न एक्स्पोजर लेभल सहित सुन्दर तस्विरहरु खिच्न मद्दत गर्दछ।

कम उज्यालो भएको अवस्थामा पनि रियलमी ९ प्रो+ ५जी को १६ एमप फ्रन्ट क्यामेराले क्लियर फ्युजन एल्गोरिदमको मद्दतले आकर्षक सेल्फीहरु खिच्न मद्दत गर्दछ र तस्विरमा सबै व्यक्तीहरु सुन्दर देखिनेछन्।

मेडियाटेक डिमेन्सिटी ९२० ५ जी प्रोसेसरका साथ अत्याधुनिक टिएसएमसी ६ न्यानोमिटर प्रडक्सन प्रोसेस उपयोग गर्ने रियलमी ९ प्रो+ ५जी विश्वकै पहिलो स्मार्टफोन मध्ये एक हो।

४५०० एमएएच् ब्याट्री भएको रियलमी ९ प्रो+ ५जी स्मार्टफोनलाई ६० वाट सुपरडार्ट चार्ज सपोर्टको मद्दतले १५ मिनेटमै ५० प्रतिशत चार्ज गर्न सकिन्छ र १०० प्रतिशत चार्ज गर्न मात्र ४४ मिनेट भए पुग्छ।

रियलमी ९प्रो+५जी मा, ९० हर्ज रिफ्रेस रेट र ३६० हर्ज टच नमूना दरको साथ ६.४” सुपर अमोल्ड डिस्प्ले समावेश छ, जसले प्रत्येक स्वाइपको साथ सहज अनुभव दिन्छ ।

९०.८ प्रतिशतको स्क्रिन–टु–बडी अनुपात र १००० निट क्षमताका साथ यो फोनले उत्कृष्ट दृश्यको अनुभव दिन्छ ।

अन्डर स्क्रिन फिङ्गरप्रिन्ट सेन्सरहरुको नयाँ प्रविधिले प्रक्रियालाई अझ छिटो बनाउँछ र स्मार्टफोनको दु्रत अनलक सुनिश्चित गर्दछ। यो फोनमा भएको हार्ट रेट डिटेक्सनले प्रयोगकर्ताहरुलाई हृदय गति पत्ता लगाउने र रेकर्डिङ सेवाहरु प्रदान गर्दछ ।

रियलमी ९ प्रो+ ५जी को रियर प्यानलमा ईण्डस्ट्री –लिडिङ्ग लाईट सिफ्ट डिजाइन जडान गरिएको छ । सामान्य सूर्यको किरण वा अल्ट्राभायोलेट प्रकाश पर्दा फोनको पछाडिको भाग ३ सेकेण्डमा नीलोबाट रातोमा पूर्ण रुपमा परिवर्तन हुनेछ ।

सूर्यको किरण नपर्दा यो २ देखि ५ मिनेटमा आफ्नो वास्तविक रङ्गमा फर्किनेछ । ८लाईट सिफ्ट डिजाइन रियलमी ९ प्रोे+ ५जीे ब्लु भेरियन्टमा मात्र राखिएको छ । रियलमी ९ प्रो+ ५जीे एण्ड्रोइड १२ मा आधारित पहिलो स्मार्टफोन हुनेछ।

रियलमीले फोनको मेमोरीको कमीलाई ध्यान दिँदै डिआरई प्रविधिको विकास ग¥यो, जसले र्यामलाई बढाउन रोमलाई भर्चुअल र्याम मापरिणत गराउँछ । रियलमी ९ प्रो+ ५जी मार्फत, अतिरिक्त ठाउँ प्राप्त गर्न स्मार्टफोनको मुख्य र्याममा ५ जिबी सम्म डाईनामिक र्याम थप्न सकिन्छ।

प्रकाशित: ३ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया