
काठमाडौं ।
इन्स्टाग्राममाथि प्रतिबन्ध लागेपछि रूसले आफ्नै फोटो शेयरिङ एप रसग्राम निर्माण गरेको छ।
यो एप्लिकेशनलाई आगामी मार्च २८ तारिखमा सार्वजनिक गर्ने तयारी गरिएको छ। एबीपीलाईभका अनुसार यसमा केही सामग्रीका लागि क्राउडफन्डिङ तथा पेड एक्सेस जस्ता फिचर हुनेछन्।
जोबोभले रूसको सोशल मिडिया प्लेटफर्म भिकोन्ताक्तेमा एउटा फोटो शेयर गरेका छन् जसअनुसार रसग्रामको रंग संयोजन तथा लेआउट इन्स्टाग्रामको जस्तै रहने देखिएको छ।
अय्या टी१ नामक स्मार्टफोन पनि बनाउने
मेटाले रसग्रामको डिजाइनमा अहिले नै कुनै प्रकारका टिप्पणी गरिसकेको छैन। रूसले केही महिनायता आफ्नै देशको प्रविधि विकास गरिरहेको छ।
यसमा राज्यको समूह रोस्टेकले बनाइरहेको अय्या टी१ स्मार्टफोन पनि समावेश छ। साथै गत वर्षको नोभेम्बरमा गजप्रोम मीडियाले भिडियो-शेयरिङ प्लेटफर्म टिकटकजस्तै आफ्नै एप यप्पी सार्वजनिक गरेको छ।
इन्स्टाग्राम ब्लक गरेपछि आफ्नै इन्स्टाग्राम बनायो
रूसको राष्ट्रिय सञ्चार नियामक रोसकोम्नाजोरलाई सोमबार इन्स्टाग्रामले ब्लक गरिदियो। यसो गर्नुमा इन्स्टाग्रामको मूल कम्पनी मेटाले यूक्रेनीहरुलाई पुटिनको मृत्यु माग गरेका पोस्ट राख्न खुला गर्नु थियो
यूक्रेनीहरुलाई रूसका सैन्य शक्तिप्रति आफ्नो प्रतिरोध र रोष व्यक्त गर्नबाट रोक लगाउनु गलत हुने मेटाको भनाई थियो।
यसपछि यूक्रेनमा पुटिनको हत्या गर्ने खालका पोस्ट भाइरल हुन थाल्यो। यसै क्रममा मेटाले गत आइतबार आफ्नो कन्टेन्ट मोडरेशन पोलिसीमा केही कडाई गरेको थियो।
प्रकाशित: ३ चैत्र २०७८, बिहीबार