नासाको जेम्स वेब टेलिस्कोपको मुख्य ‘अप्टिक्स’ परीक्षण सम्पन्न

  • Technology Khabar | ३ चैत्र २०७८, बिहीबार
नासाको जेम्स वेब टेलिस्कोपको मुख्य ‘अप्टिक्स’ परीक्षण सम्पन्न

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष नियोग नासाको जेम्स वेब टेलिस्कोपको मुख्य ‘अप्टिक्स’ परीक्षण सम्पन्न भएको छ।

नासाले गत मार्च ११ तारिखका दिन ‘फाइन फेजिङ’ अलाइनमेन्ट सहित मुख्य अप्टिक्सको पर्फर्मेन्सको परीक्षण पूरा भएको जानकारी दिएको हो।

परीक्षणबाट उक्त उपकरणमा कुनै गम्भीर समस्या वा रोकतोक भएको नपाइएको नासालाई उद्धृत गर्दै इन्ग्याजेटले जनाएको छ। ‘अप्टिकल सिस्टमले अपेक्षाकृत वा त्योभन्दा अब्बल प्रदर्शन गरेका छन्’, नासाले बताएको छ।

फाइन फेजिङमार्फत् जेम्स वेबभित्र रहेको एनआईआरक्याम उपकरणमा रहेको अप्टिकल सामग्रीको प्रयोग गरेर अलाइनमेन्टमा रहेको समस्या समाधान गरिएको नासाको भनाई छ। यो मिसन टोलीले टेलिस्कोपलाई ताराहरुतर्फ अलाइनमेन्ट गरेर परीक्षण गरेका थिए।

यो प्रविधि निकै सम्वेदनशील रहेको र यो टेलिस्कोपले बिचमा निकै चम्किलो तारा भए पनि पार्श्वमा रहेका तारा तथा तारामण्डलहरुको राम्रो तस्बिर लिन सफल भएको छ।

नासाले मे को शुरुवातभित्र वा त्योभन्दा अगाडि सबै उपकरणलाई अब्जरभेटरीसँग संयोजन गरिसक्ने योजना बनाएको छ। यसपछि यो टोलीले ती उपकरणहरुलाई पहिलो व्यवहारिक तस्बिर खिचेर शेयर गर्ने बनाउन २ महिना तयारीमा लगाउने पनि नासालाई उल्लेख गर्दै इन्ग्याजेटले जनाएको छ।

प्रकाशित: ३ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...