
काठमाडौं ।
इन्टेल तथा माइक्रोनका सीईओलाई सिनेटको वित्तीय समितिले सोधपूछ गर्ने भएको छ।
रोयटर्सका अनुसार उद्योग तथा नीतिनिर्माताहरुले उनीहरुविरुद्ध ५२ अर्ब डलर छुट सम्बन्धमा मुद्दा हालेकाले अमेरिकी सिनेटको वित्तीय समितिले आगामी मार्च २३ मा सोधपूछ गर्ने भएको हो।
ट्रक निर्माता कम्पनी पक्कार इंकका सीईओलाई पनि उक्त सुनुवाईमा सोधपूछ गरिने बुझिएको छ। सुनुवाईमा सेमिकन्डक्टर आपूर्ति श्रृङ्खलाको जोखिम तथा अमेरिकी प्रतिस्पर्धासँग उक्त कम्पनीको सम्बन्धका बारेमा सोधपूछ हुने रोयटर्सले उल्लेख गरेको छ।
सिनेटको वित्तीय समितिका अध्यक्ष मारिया क्यान्टवेलले गत बुधबार उक्त सुनुवाईको मिति तय गरेकी हुन्।
दुई दशकअघि अमेरिकाले विश्वभरी उपयोग हुने समग्र चिपको ४० प्रतिशत उत्पादन गर्ने गरेकामा हाल आएर यो १२ प्रतिशतमा झरेको वित्तमन्त्री जिना राइमोन्डोले बताएकी छिन्।
गत हप्ता राष्ट्रपति जो बाइडेनले सेमिकन्डक्टर अभावलाई सहज बनाउन अमेरिकी कंग्रेसलाई छुट दिने प्रयासका क्रममा चिप निर्माता सामसङ इलेक्ट्रोनिक्स तथा माइक्रोन टेक्नोलोजिज लगायतका कार्यकारीहरुसँग भेटेका थिए।
प्रकाशित: ३ चैत्र २०७८, बिहीबार