कोभिडका कारण टेस्लाद्वारा शांघाई प्लान्टको उत्पादन २ दिन स्थगित

  • Technology Khabar | ३ चैत्र २०७८, बिहीबार
कोभिडका कारण टेस्लाद्वारा शांघाई प्लान्टको उत्पादन २ दिन स्थगित

काठमाडौं ।

विद्युतीय सवारी निर्माता टेस्लाले शांघाई प्लन्टको उत्पादन २ दिनका लागि स्थगित गर्ने भएको छ।

कम्पनीले हालै आन्तरिक कर्मचारी तथा आपूर्तिकर्ताहरुलाई पठाएको पत्रमा चीनले हालै देशमा देखिएको कोभिडका कारण कडाई गरेकाले यस्तो निर्णय गरेको उल्लेख गरेको छ।

रोयटर्सका अनुसार शांघाईको फ्याक्ट्री २४सै घण्टा चल्ने भएकाले आपूर्तिकर्ता तथा टेस्लाका कर्मचारीलाई कम्पनीले बुधबार एउटा सूचना जारी गर्दै बुधबार र बिहीबार सम्पूर्ण उत्पादन स्थगित गरिने जानकारी दिएको हो।

कम्पनीले गिगाफ्याक्ट्री ३ नामक उक्त प्लाण्टको उत्पादन स्थगित गर्नुको कारण खुलाएको छैन।

टेस्लाले यो प्लाण्टमार्फत् मोडल ३ सेडान र मोडल वाई क्रसओभरको उत्पादन गर्दै आएको रोयटर्सले लेखेको छ।

प्रकाशित: ३ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...