
काठमाडौं ।
एप्पलको आपूर्तिकर्ता फक्सकनले आफ्नो आम्दानीमा यो वर्ष ३ प्रतिशत कमी आउन सक्ने प्रक्षेपण गरेको छ।
उसका अनुसार यसो भएको खण्डमा यो विगत ६ वर्षयताकै पहिलो व्यापार गिरावट हुनेछ।
यसो हुनुमा कोरोना महामारीका बिच सेमिकन्डक्टर चिप अभावका कारण स्मार्टफोनको अपेक्षाकृत उत्पादन हुन नसक्नु रहेको कम्पनीको बुझाई छ।
ताइवानमा रहेको उक्त कम्पनीले यसै हप्ता स्थानीय सरकारको कडाईका कारण चीनबाट उत्पादन रोकेकोमा हाल आएर कर्मचारीलाई सुरक्षा घेराभित्र रहेर काम गर्ने वातावरण मिलाएर शेन्जेनको प्लान्टबाट उत्पादन शुरु गरेको बताएको छ।
विश्वको सबैभन्दा ठूलो कन्ट्र्याक्ट चिप निर्माता फक्सकन तथा जापानको टोयोटा मोटर्सको उत्पादन बन्द हुनुले २०२० यता देखिएको कोरोना महामारीले विश्वको अटो क्षेत्रलाई कसरी गाँजिरहेको छ भन्ने प्रस्ट हुने रोयटर्सले उल्लेख गरेको छ।
फक्सकनका अध्यक्ष लिउ यङ-वेले बुधबार आम्दानी विवरण सार्वजनिक गर्दै कम्पनीले यो वर्षको उत्तरार्द्धमा पनि आपूर्ति श्रृङ्खलामा अनिश्चितता देखेको बताएका छन्।
प्रकाशित: ३ चैत्र २०७८, बिहीबार