एनभिडियाको स्वामित्व लिन नसकेपछि १५ प्रतिशत कर्मचारी कटौति गर्दै आर्म

  • Technology Khabar | २ चैत्र २०७८, बुधबार
एनभिडियाको स्वामित्व लिन नसकेपछि १५ प्रतिशत कर्मचारी कटौति गर्दै आर्म

काठमाडौं ।

चिप निर्माता कम्पनी आर्मले आफ्ना १५ प्रतिशत कर्मचारी कटौति गर्ने भएको छ।

गत महिना एनभिडियाले आफ्नो स्वामित्व लिने भनिएकोमा नियामकहरुका पूर्वशर्तका कारण रद्द भएको आधिकारिक घोषणा गरेपछि आर्मल यस्तो निर्णय गरेको जीएसएमएरिनाले जनाएको छ।

हाल आर्मको लगानी कम्पनीका रुपमा रहेको जापानको सफ्टब्याङ्कमाथि सवा अर्ब डलर शुल्क बुझाउन बाँकी रहेको बुझिएको छ।

एनभिडिया तथा आर्मबिचको उक्त सम्झौता रद्द भएपछि द टेलिग्राफले आर्मका नयाँ सीईओ रेने हासले गत सोमबार आफ्ना कर्मचारीलाई कम्पनीको अवस्था नाजुक रहेकाले १ हजार कर्मचारी प्रभावित हुनसक्ने जानकारी दिएको उल्लेख गरेको थियो। आर्मका ६ हजार ४ सय कर्मचारीमध्ये ३ हजार ५ सय बेलायतमा रहेका छन्।

हासले आफ्ना कर्मचारीलाई यीमध्ये अधिकांश कटौति बेलायत र अमेरिकामा हुने बताएका छन्।

अघिल्लो महिना सफ्टब्याङ्कले एनभिडियासँगको सम्झौता रद्द भएपछि कम्पनीले ब्यहोरेको घाटा परिपूर्तिका लागि शेयर निस्कासन गर्ने बताएको थियो। कम्पनीले हाल गर्न लागेको कर्मचारी कटौति खर्च घटाउनका लागि भएको पनि बुझिएको छ।

प्रकाशित: २ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...