काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको फ्ल्यागशिप १२ प्रो को ग्लोबल लन्च मंगलबार भएको छ।
शाओमीको १२ सिरिज चीनमा २०२१ मै सार्वजनिक भए पनि यो सिरिज चीनबाहिरको बजारमा भने मंगलबारमात्र आधिरकारिक रुपमा उपलब्ध भएको हो।
यो डिभाइसमा ६.७३ इन्चको डब्लूक्यूएचडी+ ई५ एमोलेड डिस्प्ले रहने जीएसएमएरिनाले उल्लेख गरेको छ।
यसको डिस्प्ले कर्भ्ड रहेको र रिफ्रेश रेट १२० हर्जसम्मको उपलब्ध रहेको छ।
यसबाहेक यसका क्वालकमको फ्ल्यागशिप स्न्यापड्रागन ८ जेन १ चिपसेटका साथमा १२ जीबीसम्मको एलपीडीडीआर५ र्याम र ५१२जीबीसम्मको यूएफएस ३.१ आन्तरिक स्टोरेज उपलब्ध रहेको छ।
यस्तै एन्ड्रोइड १२ मा आधारित एमआईयूआई १३ रहेको यो डिभाइसमा तापक्रम व्यवस्थापनका लागि भेपर चेम्बर कूलिङ सेटअप पनि राखिएको छ।
यसको मुख्य विशेषता भनेको पछाडिपट्टि तीन ओटा ५०-५० मेगापिक्सेलका क्यामरा हुनु हो।
जीएसएमएरिनाका अनुसार मुख्य क्यामरा सोनीको आईएमएक्स७०७ सेन्सर रहेको र त्यसबाहेकका अन्य दुई सेन्सर क्रमश: टेलिफोटो र अल्ट्रावाइड रहने बुझिएको छ।
यसबाहेक सेल्फीका लागि शाओमी १२ प्रोमा ३२ मेगापिक्सेलको शूटर दिइएको छ।
यसलाई पावर दिन १२० वाट फास्ट चार्जिङसहितको ४६०० एमएएच ब्याट्री राखिएको छ। ग्रे, ब्लू र पर्पल ग्रीन गरी ती रंगमा उपलब्ध हुने यो डिभाइसको मूल्य ८८८ डलर तोकिएको छ।
नेपालमा कहिले आउला त?
मार्च १५ मा ग्लोबल लञ्च हुनु केही दिन अघिदेखि शाओमीनेपालले ट्विटरमार्फत् उक्त डिभाइसको क्यामरा फिचरलाई लक्षित गर्दै टिजर प्रस्तुत गरेको थियो। उक्त टिजरमा लेखिएको छ, ‘मास्टर एभ्री सिन, शाओमी १२ प्रो: द एन्सर टू अल…कमिङ सून।’
This is the moment you've been waiting for. Brace yourself, it's time to #MasterEveryScene! #ComingSoon #Xiaomi12Pro pic.twitter.com/b3veSMgnXw
— Xiaomi Nepal (@XiaomiNepal) March 13, 2022
यसपछि पनि अन्य दुई टिजरहरु ट्विटरमा आइसकेका छन्।
यस हिसाबले हेर्दा शाओमी नेपालले पनि यो डिभाइस छिट्टै नेपालमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
यसअघि नै हामीलाई कम्पनी स्रोतले विश्वव्यापी लन्च लगत्तै नेपाली बजारमा शाओमी १२ प्रो लन्च हुने जानकारी दिएको थियो। तर मूल्य र लन्चिङ्ग मिति भने तय नभएको बताएको थियो।
सम्बन्धित समाचार-
शाओमी १२ प्रो नेपाली बजारमा छिटै लन्च हुँदै, यस्तो छ प्रिमियम स्मार्टफोनको विशेषताहरु
त्यसैले पनि यो फोन केहि दिन भित्रै आउने अनुमान छ।
प्रकाशित: २ चैत्र २०७८, बुधबार