काठमाडौं ।
विश्वका सबैभन्दा धनि अमेरिकी बिलेनियर इलन मस्कले ट्विटरमा आफ्नो नाम परिवर्तन गरेका छन् । उनले आफ्नो नाम इलोना मस्क राखेका छन्।
यसका साथमा उनले चेचेन रिपब्लिकका प्रमुख रमजान कादिरोभको टेलिग्राम पोस्ट पनि ट्विटरमा सेयर गरेका छन्। जसले नाम परिवर्तन गर्नुको कारण बताउँछ।
स्पेसएक्सका सीईओ इलन मस्कले यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग लेख मैदानमा एक्ला एक्लै लड्ने शर्त राखेका थिए। यसपछि, भ्लादमिर पुटिनका साथी र चेचेन गणतन्त्रका प्रमुख रमजान कादिरोभले उनलाई चेतावनी दिएका हुन्।
त्यसपछि मस्कले आफ्नो नाम बदलेर रमजान कादिरोभलाई जवाफा दिएका हुन्।
इलन मस्क आफ्ना ट्वीटका कारण लगातार चर्चामा रहन्छन् । उसले रुस र युक्रेन युद्धमा युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन्। रुसले युक्रेनमा नेटवर्क कनेक्सन बन्द गरेको छ। तर मस्कको स्पेसएक्सले कनेक्सनका लागि सहयोग गरेको छ।
इलन मस्कको नाम परिवर्तनको कारण के हो?
टेस्लाका सीईओ इलन मस्कले रुसी राष्ट्रपतिलाई ट्विटरमा एक–अर्कासँग लड्न चुनौती दिएका छन्। यसपछि रुसको अन्तरिक्ष कार्यक्रमले यसको प्रतिक्रिया दिँदै मस्कलाई कमजोर भनेको थियो। यसपछि मस्कले रुसी अधिकारीलाई मुर्ख भनेका थिए।
चेचेनका प्रमुख कादिरोभ पनि ट्विटरमा यी दुईबीचको भिडन्तमा उफ्रिए । उनले मस्कको मजाक गरेपछि इलनले ट्विटरमा आफ्नो नाम परिवर्तन गरे।
मस्कलाई चेचेनका प्रमुखले इलोना नामबाट इलन हुन बिभिन्न तालिम चाहिने र त्यसको लागि समय लाग्ने हुँदा पुटिनसँग नभिड्न चेतावनी दिएका हुन्।
प्रकाशित: २ चैत्र २०७८, बुधबार