सामसङ ग्यालेक्सी ट्याब एस८ सिरिज गीकबेन्चमा प्रतिबन्धित

  • Technology Khabar | २ चैत्र २०७८, बुधबार
सामसङ ग्यालेक्सी ट्याब एस८ सिरिज गीकबेन्चमा प्रतिबन्धित

काठमाडौं ।

सामसङको ट्याब एस८ सिरिजलाई पनि गीकबेन्चले प्रतिबन्ध लगाएको छ।

यसै महिनाको शुरुवातमा सामसङले आफ्ना एस सिरिजका फोनमा गेम अप्टिमाइजेशन सर्भिसमार्फत् कृत्रिम रुपमा एपहरुको गति बढाएको आलोचना खेप्नुपरेको थियो।

यसै क्रममा हालै ट्याब एस८ सिरिजका ट्याब्लेटहरु पनि यसै कारणले गीकबेन्चको सूचीबाट हटाइएको जीएसएमएरिनाले जनाएको छ।

एन्ड्रोइड पुलिसको हालैको रिपोर्टअनुसार ग्यालेक्सी ट्याब एस८+ र ट्याब एस८ अल्ट्राको परीक्षणमा गीकबेन्चको मोडिफाइड भर्सनमा दुवैको स्कोर निकै कम देखाएको पाइएको छ। यी दुवैका एप प्याकेजलाई चर्चित गेमिङ शीर्षक गेनशिन इम्प्याक्टका रुपमा नामाकरण गरिएको थियो।

यो तरिकाबाट ट्याबलेटले बेन्चमार्क एप नभई गेम चलिरहेको भन्ने सोच्ने र यसबाट सिंगल कोर तथा मल्टि कोर सीपीयू स्कोर निकै कम देखाएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

ट्याब एस८+ को सबैभन्दा धेरै डिस्क्रिपेन्सी स्कोर स्ट्यान्डर्ड गीकबेन्च भर्सनमा १२२१ र ३३७२ तथा मोडिफाइड भर्सनमा ९२० र ३००० आएको बताइएको छ।

तर यही प्रवृत्ति ट्याब एस७, एस७ एफई र ट्याब एस५ईले भने नदेखाएको पाइएको छ।

प्रकाशित: २ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार