काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड अनरको म्याजिक४ अल्टिमेट स्मार्टफोन आगामी मार्च १७ मा सार्वजनिक हुने भएको छ।
कम्पनीले यो सिरिजको म्याजिक४ तथा म्याजिक४ प्रो यसअघि नै बजारमा ल्याइसकेको छ।
मार्च १७ मा कम्पनीले चीनमा म्याजिक४ अल्टिमेट एडिशन तथा म्याजिक४ अल्टिमेट प्रो भेरियन्ट ल्याउने तयारी गरेको जीएसएसएरिनाले उल्लेख गरेको छ।
हालै बाहिर आएका टिजरहरुका अनुसार म्याजिक ४ अल्टिमेट एडिशनमा ठूलो आकारको मुख्य क्यामरा सेन्सर रहनेछ भने म्याजिक४ प्रोको भने कुनै स्पेसिफिकेशन दिइएको छैन।
सम्बन्धित समाचारमा चीनको टीना एजेन्सीमा अनर फोनका तीन मोडल दर्ता भएका छन्। ती तीन मोडलहरु म्याजिक४ सीएमए-एएन४०, म्याजिक४ प्रो भीएनई-एएन०० तथा म्याजिक४ अल्टिमेट एडिशन एलजीई-एएन२० रहेका जनाइएको छ।
यसबाहेक यी मोडलहरुका स्पेसिफिकेशन पेज सार्वजनिक गरिएको छैन। केही रुमरहरुका अनुसार अनर म्याजिक४ अल्टिमेट एडिशनमा सोनीको ठूलो क्यामरा सेन्सर रहने र अन्य विवरण भने भ्यानिला प्रो भर्सन सरह नै हुने आकलन गरिएको छ।
प्रकाशित: २ चैत्र २०७८, बुधबार