
काठमाडौं ।
सर्च एजुकेशन नेपालले विद्यार्थीहरुको लागि नेपालमा पहिलोपटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ।
यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विद्युतीय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ।
यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा सर्च एजुकेशन डट कम (www.searcheducation.com)मार्फत उपलब्ध हुनेछ।
यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययानका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउनेछ। यस एपको प्रयोगले बिधार्थी हरुलाई निम्न फाइदा हुने विश्वास सर्च एजुकेशन नेपालले लिएको छ।
● कोर्सहरू खोजः विभिन्न कलेज र युनिभर्सिटिहरुमा आफ्नो मनपर्ने कोर्सहरू खोज्न एवं सर्टलिस्ट गर्न सकिनेछ।
● कोर्सहरू तुलनाः सर्टलिस्ट गरिएका कोर्सहरू मध्ये विधार्थीले आफ्नो आवश्यकता, ज्ञान, र सीपअनुसार तुलना गरी छनौट गर्न सकिने छ।
● कोर्सहरूको लागि आवेदनः कोर्सबारे निर्णय गरेपछि, यस पोर्टल मार्फत आफुलाई मनपर्ने कलेज र युनिभर्सिटिहरुमा अनलाइन मार्फत आवेदन गर्न सकिनेछ र आफ्नो आवेदनको स्थितिबारे ट्रयाक समेत गर्न सकिने छ।
● विशेषज्ञ काउन्सलर द्धारा सहायता प्राप्त गर्न सकिनेः आफ्नो आवेदन, चयन, यात्रा, र थप सम्बन्धमा हाम्रा विशेषज्ञ सल्लाहकारहरूबाट सल्लाह पनि प्राप्त गर्न सकिनुको साथै सम्पुर्ण जानकारीहरु एसएमएस, इमेल र एपबाट तुरुन्त प्राप्त गर्न सकिने छ । साथै कलेज युनिर्भसिटीहरूमा सम्पुर्ण प्रक्रिया पुरा गरि सके पछि अफर लेटर पठाए पश्चात विद्यार्थीले उक्त अफर लेटर स्वीकार गने र अन्य प्रकृयाहरु सु्रु गर्न सकिने छ।
उपरोक्त शैक्षिक सेवाहरुका अतिरिक्त आवास, भिसा, यात्रा नियमहरू, र बीमा आदि बारे आबश्यक पर्ने कुराहरुबारे सहज रुपमा थप जानकारी प्राप्त गर्न सकिने छ।
यस किसिमको सेवाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज हुनुका साथै कलेजहरू र विश्वविद्यालयहरूसँग लागत, पाठ्यक्रम, र छात्रवृत्ति सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिने बताईएको छ।
प्रकाशित: १ चैत्र २०७८, मंगलवार