रायट गेम्सले किन्यो एनिमेशन स्टुडियो फोर्टिशेको शेयर

  • Technology Khabar | १ चैत्र २०७८, मंगलवार
रायट गेम्सले किन्यो एनिमेशन स्टुडियो फोर्टिशेको शेयर

काठमाडौं ।

रायट गेम्सले आर्केन निर्माता एनिमेशन स्टुडियो फोर्टिशेको शेयर खरिद गरेको छ।

रायट गेम्सको आर्केन सिरिज निर्माणका लागि निकै लामो समयसँग सहकार्य गरेको फोर्टिशेले अब भने रणनीतिक रुपमा आफ्नो सिर्जनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने भएका हुन्।

रायटले फोर्टिशेको महत्वपूर्ण तर नियन्त्रणबिनाको शेयर खरिद गरी इक्विटी इन्भेस्टमेन्टमा हात हालेको इन्ग्याजेटले जनाएको छ।

यसबाहेक कम्पनीले चिफ कन्टेन्ट अफिसर ब्रायन राइट तथा कर्पोरेट डेभलपमेन्टका निर्देशक ब्रेन्डन मुलिगनलाई फोर्टिशेको बोर्ड अब डाइरेक्टरमा नियुक्त गरेको छ।

उक्त लगानीको यकिन रकम र म्याद भने उल्लेख गरेको छैन। यी दुईबिचको सम्झौता यसै वर्ष केही समयअघि सकिएको रायट गेम्सले जनाएको छ।

प्रकाशित: १ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार