
काठमाडौं ।
ओपोको के१० स्मार्टफोन आगामी मार्च २३ मा भारतमा सार्वजनिक हुने भएको छ।
कम्पनीले २ हप्ताअघि डाइमेन्सिटी ८००० चिपसेटयुक्त के१० स्मार्टफोनको झलक प्रस्तुत गरे पनि यो डिभाइस चीनमा सार्वजनिक हुने कुनै यकिन मिति तय गरिएको भने छैन।
ओपोले के१० का स्पेसिफिकेशनका बारेमा कुनै जानकारी बाहिर नल्याए पनि कम्पनीले उक्त स्मार्टफोनको डिजाइन भने सार्वजनिक गरेको छ। सार्वजनिक भएको जानकारी अनुसार ग्लसी र म्याटको संयोजनयुक्त ग्लो डिजाइन रहेको जीएसएमएरिनामा उल्लेख छ।
जानकारी अनुसार ओपो के१० दुई रंगमा आउने र पन्च होल स्क्रीन रहनेछ। यो डिभाइसमा पछाडिपट्टि ५० मेगापिक्सेलको क्यामरा रहेको बताइएको छ। यो स्मार्टफोनमा तलपट्टि यूएसबी-सी पोर्ट दिइएको छ।
प्रकाशित: १ चैत्र २०७८, मंगलवार