रुसी घुसपैठियाको अनुहार पहिचान गर्न यूक्रेनलाई एआई टूल उपलब्ध

  • Technology Khabar | १ चैत्र २०७८, मंगलवार

काठमाडौं ।

फेसियल रिकग्निशन संस्था क्लियरभ्यू एआईले यूक्रेन सरकारलाई आफ्नो सेवा उपलब्ध गराउने भएको छ।

कम्पनीले यो सेवामार्फत् वेबबाट १० अर्ब मानिसहरुको अनुहार सर्च गर्न सकिने बताएको छ।

तर यो प्रविधिलाई यसअघि डाटा नियामकले जरिबाना गरिसकेको छ।

‘क्लियरभ्यू एआईले आफ्नो अत्याधुनिक फेसियल रिकग्निशन प्रविधि यूक्रेनी अधिकारीलाई अप्ठेरो परेको बेला प्रयोगका लागि उपलब्ध गराउन लागेकोमा मलाई खुसी लागेको छ’, कम्पनीका होन टनले बीबीसीलाई बताएका छन्।

क्लियरभ्यूले यूक्रेनलाई यी सेवा नि:शुल्क प्रदान गरेको बताइएको छ। कम्पनीले आफ्ना अधिकांश फ्सियल रिकग्निशन डाटाबेस रुसी सञ्चारमाध्यम मार्फत् लिइने जानकारी दिएको छ।

कम्पनीले यूक्रेनी अधिकारीलाई पठाएको पत्रमा कम्पनीसँग रुसको फेसबुक भनेर चिनिने वकोनताक्ते नामक सामाजिक सञ्जालका २ अर्बभन्दा बढी फोटो रहेका दावी गरिएको छ।

टनका अनुसार उक्त प्रविधिले निम्न काम गर्नसक्ने छ:

  • मानिसको फोटो र परिचयपत्र सँग अनुहार दाँजेर घुसपैठियाको पहिचान गर्ने
  • औंठाछाप बिना नै मृतकहरुको पहिचान गर्ने
  • भ्रामक समाचारविरुद्ध लड्ने
  • कागजातबिना नै मानिसहरुको पहिचान गरी घरपरिवारसँग मिलाउने

प्रकाशित: १ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार