अर्को सूचना नभएसम्मका लागि नयाँ स्मार्ट लाइसेन्सको आवेदन बन्द

  • Technology Khabar | १ चैत्र २०७८, मंगलवार
अर्को सूचना नभएसम्मका लागि नयाँ स्मार्ट लाइसेन्सको आवेदन बन्द

काठमाडौं ।

यातायात व्यवस्था विभागले चैत १ गते मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) का लागि नयाँ आवेदन बन्द गर्ने भएको छ।

अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जानकारी दिएको हो।

लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ। कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरुको चाप बढेको हो।

‘अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने,’ विभागद्वारा जारी सूचनामा भनिएको छ।

यसअघि पनि पटक पटक विभागले नयाँ स्मार्ट लाइसेन्सको लागि आवेदन बन्द गर्दै आएको थियो।

प्रकाशित: १ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार