रेडमीको नयाँ ल्यापटप रेडमीबुक प्रो २०२२ लन्च हुँदै, यस्ता छन् विशेषताहरु

  • Technology Khabar | १ चैत्र २०७८, मंगलवार
रेडमीको नयाँ ल्यापटप रेडमीबुक प्रो २०२२ लन्च हुँदै, यस्ता छन् विशेषताहरु

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड रेडमीले स्मार्टफोनसँगै ल्यापटप पनि बनाउँछ। यसैबीच रेडमीले चाँडै नै नयाँ ल्यापटप, रेडमीबुक प्रो २०२२ (RedmiBook Pro 2022) लन्च गर्न लागेको छ। रेडमीको यो धेरै हल्का र पातलो ल्यापटपमा धेरै रोचक सुविधाहरू पाईनेछ।

कम्पनीले यस ल्यापटपको बारेमा धेरै बताएको छैन, तर केहि ‘लीक’मार्फत यसको बारेमा जानकारीहरु बाहिर आएका छन्।

रेडमीबुक प्रो २०२२ पहिले भन्दा राम्रो हुने

यस ल्यापटपको बारेमा धेरै लीकहरू बाहिर आएका छन्। अघिल्लो लीकले खुलासा गरेअनुसार रेडमीबुक प्रो को कम्तिमा एक संस्करण हाई इण्ड १२ जेन कोर आई सेभेन १२६५० एच (12th Gen Core i7-12650H) प्रोसेसरका साथ आउनेछ। यसले सिंगल कोर र मल्टि कोर परीक्षणहरूमा क्रमशः १,८०० र ११,८७२ स्कोर गर्न सफल भयो, जुन अघिल्लो पुस्ताको तुलनामा उल्लेखनीय सुधार हो।

रेडमीबुक प्रो २०२२ मा थप सुबिधा

आई सेभेन १२६५० एचमा ४५ वाटको आधारभूत पावर खपत हुनेछ र यसमा ६ ठूला कोर र ४ साना कोरहरू ४.७ गीगाहर्जसम्म, १६ थ्रेडहरू, र २४एमबी एल३ क्यास समावेश छन्।

यसबाहेक, सोही पोस्टमा रेडमीको महाप्रबन्धक लु वेईबिङ्गको कमेन्टअनुसार, नयाँ उत्पादनले हिट डिसिपेशन सुधार गर्न अद्यावधिक प्रविधि प्रयोग गर्नेछ।

अनावरण कार्यक्रममा धेरै डिभाइसहरु आउने

कम्पनीले रेडमीबुक प्रो २०२२ र रेडमी के५० सिरिजहरूसँगै, नयाँ रेडमी टिभी र राउटरहरू पनि मार्च १७ लन्च कार्यक्रममा अनावरण गर्न सक्नेछ। वेईबिङ्गले यस वर्षको रेडमीको लन्च कार्यक्रम ठूलो हुने र यसले धेरै पुराना डिभाइसहरू रिफ्रेस गर्ने बताएका थिए। मार्च १७ को अनावरण कार्यक्रममा के लन्च हुनेछ भनेर जान्न हामीले पक्कै कार्यक्रमसम्म कुर्नुपर्ने हुन्छ।

प्रकाशित: १ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार