
काठमाडौं ।
नेपालमा आर्थिक वर्ष २०७८/७९ को सातौं अर्थात् माघ महिनाभरी ई-कमर्समार्फत् ३४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरिएको छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल आर्थिक प्रतिवेदनमा माघ महिनामा ई-कमर्समार्फत् भएको कारोबार संख्या ७२ हजार ५०३ उल्लेख गरिएको छ। यो आँकडा अघिल्लो महिना अर्थात् पुषको भन्दा ८३७ ले बढी हो।
सामान्यतया: कारोबार संख्या बढेसँगै कारोबार रकम बढ्नु पर्नेमा कारोबार रकममा भने केही गिरावट देखिएको छ।
प्रतिवेदन अनुसार माघ महिनामा ई-कमर्सको क्षेत्रमा ३४ करोड ६० लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ जुन अघिल्लो महिनाको तुलनामा ३० लाख रुपैयाँले कम हो।
अघिल्लो महिना अर्थात् पुष मसान्तसम्मा ३४ करोड ९० लाख रुपैयाँको कारोबार भएको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: १ चैत्र २०७८, मंगलवार