क्यूआर कोडमार्फत् गरिएको कारोबार रकममा एक महिनामा ३६ करोड रुपैयाँले वृद्धि

  • Technology Khabar | १ चैत्र २०७८, मंगलवार
क्यूआर कोडमार्फत् गरिएको कारोबार रकममा एक महिनामा ३६ करोड रुपैयाँले वृद्धि
सांकेतिक तस्बिर

काठमाडौं ।

माघ महिनामा क्यूआर कोडमार्फत ६ अर्ब ८९ करोड २० लाख रुपैयाँको कारोबार भएको छ।

यो आँकडा मंसिर मसान्तसम्म ६ अर्ब  २८ करोड २० लाख तथा पुष मसान्तसम्म ६ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबर रहेको थियो।

पुष मसान्तदेखि माघ मसान्तसम्मको एक महिनाको अवधिलाई तुलना गर्दा क्यूआर कोडमार्फत भएको कारोबार रकम ३६ करोड ७० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको माघ मसान्तसम्मको चालु स्थूल वित्तीय प्रतिवेदनका अनुसार पुष मसान्तदेखि माघ मसान्तसम्मको एक महिनामा क्यूआर कोडमार्फत भएको कारोबार संख्यामा भने कारोबार रकमको ठिक उल्टो घट्दो क्रममा गएको छ।

यो अवधिमा क्यूआर कोडमार्फत गरिएको कारोबार सङ्ख्या  १७ लाख ८२ हजार ३६३ रहेको छ। जबकी एक महिना अघि अर्थात् पुष मसान्तसम्म यो आँकडा १९ लाख १८ हजार ५२६ रहेको थियो।

यसरी हेर्दा एक महिनाको अवधिमा  क्यूआर कोडमार्फत गरिएको कारोबार सङ्ख्या १ लाख ३६ हजार १६३ ले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार