मेटाले रुसका राष्ट्राध्यक्षको मृत्यु माग गरिएको यूक्रेनीहरुको पोस्टमा कडाई गर्ने

  • Technology Khabar | ३० फाल्गुन २०७८, सोमबार
मेटाले रुसका राष्ट्राध्यक्षको मृत्यु माग गरिएको यूक्रेनीहरुको पोस्टमा कडाई गर्ने

काठमाडौं ।

फेसबुकको मूल कम्पनी मेटाले यूक्रेनका लागि राष्ट्राध्यक्षको मृत्युसम्बन्धी पोस्टहरु राख्न पाउने नीतिलाई केही साँघुरो बनाउने भएको छ।

यो जानकारी कम्पनीको आन्तरिक स्रोतबाट पाएको रोयटर्सले उल्लेख गरेको छ।

मेटाले गत हप्ता फेसबुक र इन्स्टाग्राममा यूक्रेनीहरुले रुसका राष्ट्रपति पुटिन र उप राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको मृत्यु माग गरेका पोस्टहरुमा पनि सेन्सर नलाग्ने बताएको थियो। हालै सोही इजाजतका सम्बन्धमा कम्पनीले यो निर्णय गरेको बुझिएको छ।

यसबारेमा गत हप्ता रोयटर्सले समाचार छापेपछि मेटाले गत शुक्रबार आफ्नो कन्टेन्ट पोलिसी अर्थात् सामग्रीसँग सम्बन्धित नीतिमा अस्थायी परिमार्जन गर्न लागिएको र यो यूक्रेनमा मात्र लागू हुने बताएको थियो।

यसको उद्देश्य रुसको हमलाविरुद्ध आवाज उठाउन यूक्रेनीहरुलाई सहयोग गर्नुमात्र रहेको कम्पनीको भनाई थियो।

त्यसैदिन रुसले फेसबुक विरुद्ध अपराध मुद्दा दायर गरेको थियो।

‘हामी उक्त निर्णय कुनै पनि हिसाबले रुसीहरुका विरुद्ध हिंसा उत्पन्न गराउने उद्देश्यले ल्याइएको भन्ने गलत आशय नआओस् भनेर प्रस्ट्याउने बाटोमा लागेका छौं’, मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले कम्पनीको आन्तरिक प्लेटफर्ममा आइतबार उल्लेख गरेका छन्।

प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार