वर्षको पहिलो त्रैमासमा अपेक्षा गरिएभन्दा निकै कम शिपमेन्ट भएको आईसी डिजाइन संस्थाहरुको तथ्याङ्क

  • Technology Khabar | ३० फाल्गुन २०७८, सोमबार
वर्षको पहिलो त्रैमासमा अपेक्षा गरिएभन्दा निकै कम शिपमेन्ट भएको आईसी डिजाइन संस्थाहरुको तथ्याङ्क

काठमाडौं ।

ताइवानमा रहेका आईसी डिजाइन कम्पनीहरुले यो वर्षको पहिलो त्रैमासको शिपमेन्टको आँकडा निकै ओरालो लागेको पाएका छन्।

यसो हुनुमा मुख्यगरी स्मार्टफोनको बिक्रीमा आएको गिरावट रहेको उद्योगसम्बद्ध स्रोतलाई उद्धृत गर्दै डिजिटाइम्सले उल्लेख गरेको छ।

विशेषगरी चिनियाँ बजारमा स्मार्टफोनको बिक्री यव अवधिमा निकै निराशाजनक रहेको प्रतिवेदनले देखाएको छ। चन्द्र नयाँ वर्षको बिदाको अवधिमा पनि यो वर्ष अपेक्षाकृत व्यापार हुन नसकेको स्रोतको आकलन छ।

हाल चलिरहेको रुस-यूक्रेन युद्ध तथा रुसप्रतिको अन्तरराष्ट्रिय प्रतिबन्धले विश्वकै अर्थतन्त्रलाई अनिश्चित बनाएको छ।

यसले स्मार्टफोन उद्योगको आपूर्ति श्रृङ्खलालाई अझै प्रभाव पार्ने भएकाले यसमा ताइवानमा रहेका थुप्रै डिजाइन हाउस समावेश हुने डिजिटाइम्सले जनाएको छ।

मोबाइल चिप निर्माता टीएसएमसीले यो वर्षको पूर्वार्द्धका लागि आफ्नो शिपमेन्ट लक्ष्य समन्वय गर्न लागेको छ।

डिस्प्ले ड्राइभर आईसी आपूर्तिकर्ताहरुले पनि दोस्रो त्रैमासको अनिश्चितताका आधारमा ६ महिनाको अवधिमा स्मार्टफोनका टीडीडीआई तथा ओएलईडी डीडीआईको शिपमेन्टमा निकै सावधानी अपनाउन थालेका छन्।

प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार