टेस्ला तथा स्पेसएक्स मुद्रास्फीतिको जोखिममा रहेको मस्कको भनाई

  • Technology Khabar | ३० फाल्गुन २०७८, सोमबार
टेस्ला तथा स्पेसएक्स मुद्रास्फीतिको जोखिममा रहेको मस्कको भनाई

काठमाडौं ।

टेस्ला इंकका सीईओ इलन मस्कले टेस्ला तथा स्पेशएक्समा मुद्रास्फीतिको जोखिम देखिएको बताएका छन्।

कच्चा पदार्थ तथा बन्दोबस्तीका सामानहरुमा मुद्रास्फीतिजन्य दबाब परिरहेका कारण आफ्ना दुवै कम्पनीमाथि जोखिम बढेको मस्कलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

उनले हालै ट्विटरमा मुद्रास्फीतिको दरबारे सोध्दै आफ्ना कम्पनीहरुमात्रै मारमा नपरेको पनि उल्लेख गरेका छन्। हाल रुस-यूक्रेन युद्धका कारण विभिन्न सामानहरुको मूल्य २००८ यता हालसम्मकै उच्च पुगेको पनि उनको भनाई थियो।

रुसले यूक्रेनमाथि हमला गरेपछि कारमा प्रयोग हुने धातु, एलुमिनियमदेखि क्याटालिटिक कन्भर्टर, ईभी ब्याट्रीमा प्रयोग हुने उच्च गुणस्तरको निकललगायतका वस्तुहरुको मूल्य आकाशिएको रोयटर्सले जनाएको छ।

पश्चिमी देशहरुले हालसम्म धातु निर्यातमा प्रतिबन्ध नलगाएको भए पनि केही कम्पनी तथा अटो-पार्ट आपूर्तिकर्ताहरुले रुसी सामान आपूर्ति गर्न छवडेकाले यी सामग्रीहरु अभाव हुनुका साथै मूल्यवृद्धि पनि भएको बुझिएको छ।

प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार