एन्ड्रोइड एपमा ट्रान्स्क्रिप्शन फिचर थप्दै गुगल

  • Technology Khabar | ३० फाल्गुन २०७८, सोमबार
एन्ड्रोइड एपमा ट्रान्स्क्रिप्शन फिचर थप्दै गुगल

काठमाडौं ।

गुगलले आफ्नो एन्ड्रोइड एपमा ट्रान्स्क्रिप्शन फिचर उपलब्ध गराउने भएको छ।

कम्पनीले केही समयअघि यो फिचर डेस्कटप वेबसाइटमा उपलब्ध गराएको र लामो भिडियोहरुका लागि यो निकै उपयुक्त सावित पनि भएको थियो।

यो फिचरले भिडियोका बारेमा गरिएका केही व्याख्या हेर्न तथा भिडियोको स्वस्फूर्त रुपमा बनाइएको ट्रान्सक्रिप्टमार्फत् सर्च गरेर आफ्नो मनपर्ने भनाईहरु झिक्न सहयोग पुर्याउने जीएसएमएरिनाले उल्लेख गरेको छ।

हालसम्म केही यूजरले उक्त नयाँ फिचर मौलिक एन्ड्रोइड एपमा थपिइसकेका जानकारी गराएका छन्।

भिडियोको व्याख्याभन्दा तल एउटा छुट्टै ‘शो ट्रान्सक्रिप्ट’ बटन राखिएको छ। यो फिचर डेस्कटपको जस्तै छ र यसलाई मोबाइलको यूजर इन्टरफेससँग समन्वय गराइएको छ।

प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार