Technology Khabar ३० फाल्गुन २०७८, सोमबार
काठमाडौं ।
चिनियाँ कम्पनी हाइसेन्सले नयाँ गेमिङ टिभी सार्वजनिक गरेको छ। यो स्मार्ट टिभीलाई गेम टिभी एस २०२३ ६५ई५५एच (Game TV Ace 2023 65E55H) को नामबाट लन्च गरिएको छ। हाल यो टिभी चीनको बजारमा मात्रै लन्च गरिएको छ।
यस टिभीको विशेषता भनेको यसको रिफ्रेस रेट हो जुन २४० हर्ज हो। यसबाहेक टिभीको साइज पनि निकै ठूलो छ। यो ६५ इन्च फोरके डिस्प्लेयुक्त टिभी हो भने यसमा १७८ डिग्रीको फराकिलो भ्यूईंग एंगल छ।
गेम टिभी एस २०२३ को मूल्य, उपलब्धता
गेम टिभी एस २०२३ हाल चीनमा मात्र लन्च गरिएको छ र यसको मूल्य ४,९९९ युआन राखिएको छ। यो चीनमा खरिद को लागी उपलब्ध छ तर, चीनबाहिर यो टिभी कहिले लन्च हुने भन्नेबारेमा हाइसेन्सले कुनै जानकारी दिएको छैन।
गेम टिभी एस २०२३ का स्पेकहरू
गेम टिभी एस २०२३ मा ६५ इन्चको फोरके डिस्प्ले छ। यो टिभी विशेष गरी गेमरहरूका लागि डिजाइन गरिएको हो। त्यसैले यसलाई १२० हर्ज, १४४ हर्ज र २४० हर्जसम्म जाने धेरै रिफ्रेस दरहरू दिइएको छ। टिभीमा रेस्पोन्स टाइम २.७ मिलि सेकेण्ड छ। यस टिभीमा हाइसेन्स यू प्लस सुपर इमेज क्वालिटी इन्जिन २.० दिइएको छ।
यसका साथै एआई-एसआर, एआई कलर ब्यालेन्स, एआई प्लस एमईएमसी, एआई फाइन लाइट कन्ट्रोल, डार्कफिल्ड डिटेल इन्ह्यान्समेन्ट र थ्रीडी एलयूटी ओरिजिनल कलर करेक्सन जस्ता धेरै प्रकारका एआईमा आधारित सुविधाहरू पनि यस टिभीमा छन्। टिभीमा डल्बी भिजन, डल्बी अडियो भिजुअल जोन र डल्बी गेम सपोर्ट पनि देख्न सकिन्छ।
यो टिभीमा ४ कोर भएको ए७३ आर्किटेक्चर प्रोसेसर छ। यसमा ४ जीबी र्याम र ३२ जीबी स्टोरेज छ। टिभीले एनएफसी र वाईफाई ६ कनेक्सनलाई पनि समर्थन गर्दछ। गेमिङका लागि लो लेटेन्सी मोड पनि उपलब्ध छ। ध्वनिको लागि, यसमा हाई-साउन्ड इन्जिनको साथ १२ वाट डुअल स्पिकरहरू छन्।
गेम टिभी एस २०२३ विशेष गरी गेमिङ उत्साहीहरूका लागि बनाइएको कम्पनीले जनाएको छ।
प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार