सानिमा बैंकको मोबाइल बैंकिङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

  • Technology Khabar | ३० फाल्गुन २०७८, सोमबार
सानिमा बैंकको मोबाइल बैंकिङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

काठमाडौं ।

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ। सम्झौताअन्तर्गत सानिमा बैंकका ग्राहकहरुलाई सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई-बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ।

यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई-बैंकिङ्ग एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन्।

सम्झौताको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन्, “हाम्रा ग्राहकहरूलाई सजिलो फण्ड मोबिलिटीमा जोड्न यो हाम्रो लागि अवसर हो। यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुऱ्याउनेछ भन्ने आशा लिएका छौं।”

प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार