दुई पाङ्ग्रे विद्युतीय सवारी निर्माणमा आथर इनर्जी र फक्सकन इण्डियाबिच साझेदारी

  • Technology Khabar | ३० फाल्गुन २०७८, सोमबार
दुई पाङ्ग्रे विद्युतीय सवारी निर्माणमा आथर इनर्जी र फक्सकन इण्डियाबिच साझेदारी

काठमाडौं ।

दुई पाङग्रे विद्युतीय सवारीको माग बढिरहेका बेला आथर इनर्जी तथा फक्सकन इण्डियाले साझेदारी गर्ने भएका छन्।

भारतमा सबैभन्दा धेरै दुई पाङग्रे विद्युतीय सवारी उपलब्ध गराउने तेस्रो ठूलो कम्पनी आथर इनर्जीले आफ्नो उत्पादन क्षमता विस्तार तथा वार्षिक सवारी उत्पादन १० लाख थान पुर्याउन फक्सकन इण्डियासँग साझेदारी गरेको डिजिटाइम्सले उल्लेख गरेको छ।

द इकोनोमिक टाइम्स तथा रश लेनको रिपोर्ट अनुसार आफ्ना दुई पाङ्ग्रे सवारीहरु आथर ४५०एक्स तथा आथर ४५०प्लसको विकास र उत्पादनका लागि आथर इनर्जीले फक्सकन ग्रुपको सहायक कम्पनी भारत एफआईएचसँग सहकार्य गर्न लागेको बताएको छ।

यो साझेदारीमा भारत एफआईएचले आपूर्ति श्रृङ्खला लजिस्टिक्स तथा कच्चा पदार्थ खरिद तथा ब्याट्री म्यानेजमेन्ट सिस्टमका लागि पीसीबी एसेम्ब्ली र ड्याशबोर्ड उपलब्ध गराउनेछ।

भारत एफआईएचले यसबाहेक कन्ट्रोलिङ यूनिट र ड्राइभ कन्ट्रोल पनि निर्माण गर्नेछ।

आथर इनर्जीले ईभी उद्योग अनपेक्षित रुपमा फस्टाउँदै गएको बताउँदै भारत एफआईएचले क्षमता, आपूर्ति श्रृङ्खला तथा प्रक्रियाको विज्ञता उपलब्ध गराउने बताएको छ। भारत एफआईएचका प्रबन्ध निर्देशक जश फल्गरले आथर इनर्जीलाई विद्युतीय निर्माण सेवा प्रदान गर्न आतुर रहेको जानकारी दिएका छन्।

प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार