
काठमाडौं ।
गेम स्ट्रिमिङ स्टार्टअप लोकोले बिहीबार ४ करोड २० लाख डलर संकलन गरेको छ।
कम्पनीले यो कोष ‘ट्विच फर इन्डिया’ निर्माणका लागि संकलन गरिएको आफ्ना लगानीकर्ताहरुलाई बताएको छ।
उक्त स्टार्टअपको सिरिज ए फाइनान्सिङमा ह्याश्ड, मेकर्स फण्ड, क्याटामारान भेन्चर्स, क्राफ्टन, लुमिकाई, कोरिया इन्भेस्टमेन्ट पार्टनर्स तथा हिरो क्यापिटलले लगानी गरेका थिए।
यसमा लोकोलाई साढे १४ करोडको मूल्यांकन गरिएको उक्त मामिलासम्बद्ध स्रोतलाई उद्धृत गर्दै टेकक्रन्चले लेखेको छ।
अनिरुध पण्डिता तथा आश्विन सुरेशद्वारा सञ्चालित उक्त स्टार्टअपको शुरुमा कन्टेन्ट प्लेटफर्म पकेट एसेस पनि सह-संस्थापक थियो। यो स्टार्टअपले हालसम्म ५ करोड १० लाख डलर संकलन गरिसकेको छ।
पकेट एसेसले लोकोलाई सन् २०१८ मा किनेको थियो।
लोकोले ‘फर्स्ट मुभर एडभान्टेज’ का रुपमा इजाजतका लागि पब्जी कर्पोरेशन, एक्टिभिजन ब्लिजार्ड तथा रायट गेम्ससँग साझेदारी गरिसकेको टेकक्रन्चले उल्लेख गरेको छ।
प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार